लोक सेवाले रोक्यो सहसचिव र उपसचिवको विज्ञापन
लोकसेवा आयोगले प्रकाशन गरेका एक पछि अर्काे विज्ञापनमा सर्वाेच्चले अंकुश लगाएसँगै लोकसेवाले सह सचिव र उपसचिव तहको विज्ञापन उपर दरखस्त लिने कार्य स्थगन गर्ने निर्णय गरेको छ ।
आयोगले बुधबार एक सूचना जारी गर्दै आयोगले यस्तो निर्णय गरेको हो ।आयोगले हालै प्रकाशन गरेका विभिन्न तीन वटा विज्ञापनमा सर्वाेच्च अदालतले लोकसेवाको नाममा अल्पकालीन आदेश दिएको थियो ।
आयोगका उपसचिव देवीप्रसाद सुवेदीद्धारा जारी सूचना अनुसार राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणी (प्राविधिक र अप्राविधिक) तथा स्वास्थ्य सेवाका एघारौँ र नवौँ तहका बढुवा सूचना एवं आन्तरिक प्रतिस्पर्धा तथा खुल्ला सम्पूर्ण विज्ञापनहरूका लागि दरखास्त लिने कार्य स्थगन गरिएको छ ।
प्रकाशित :२०७७ कार्तिक १९, बुधबार १४:२५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%