चक्रबहादुर बुढा र नवीनराज सिंह सचिवमा बढुवा

काठमाडौं। सरकारले नेपाल प्रशासन सेवातर्फका वरिष्ठ सहसचिव चक्रबहादुर बुढा र प्राविधिक सेवातर्फका वरिष्ठ सहसचिव नवीनराज सिंहलाई सचिवमा बढुवा गरेको छ।

Advertisement 1

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बुढा र सिंहलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो।

बुढा हाल महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयमा सहसचिव तथा प्रवक्ताका रूपमा कार्यरत छन्।

Advertisement 2

यसअघि ५ असोजमा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले प्रशासन सेवातर्फ रिक्त सचिव पदमा बढुवाका लागि आभा श्रेष्ठ कर्ण, चक्रबहादुर बुढा र जयनारायण आचार्यको नाम सिफारिस गरेको थियो। समितिले उनीहरूलाई क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको थियो।

सरकारले उक्त सिफारिसमध्ये बुढालाई सचिवमा बढुवा गरेको हो।

Advertisement 3

यस्तै, प्राविधिक सेवातर्फ वरिष्ठ सहसचिव नवीनराज सिंहलाई पनि सचिवमा बढुवा गरिएको छ। प्राविधिकतर्फ रिक्त सचिव पदमा बढुवाका लागि सचिव बढुवा सिफारिस समितिले सिंहसहित मीना श्रेष्ठ र पद्यकुमार मैनालीको नाम सिफारिस गरेको थियो।

समितिको सिफारिसमा सिंह पहिलो, श्रेष्ठ दोस्रो र मैनाली तेस्रो नम्बरमा थिए।

यसअघि सोही सिफारिसमा तेस्रो नम्बरमा रहेका पद्यकुमार मैनालीलाई सरकारले सचिवमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयको सचिवका रूपमा पदस्थापन गरिसकेको थियो।

बुढा र सिंहको बढुवासँगै निजामती प्रशासन तथा प्राविधिक सेवातर्फ रिक्त रहेका सचिव पदमा नयाँ नेतृत्व थपिएको छ।

प्रकाशित :२०८३ आश्विन २२, बिहीबार १२:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम