राजनीतिको टाङमुनी छिर्ने उच्च प्रशासकीय नेतृत्वरहेसम्म निजामती सेवा सुध्रदैंन

मोहन घिमिरे,कर्मचारी वृत्तमा परिचित नाम हो । कर्मचारीका हक हितका लागि निरन्तर लडिरहेका एक कमाण्डर घिमिरे नेपाल निजामती कर्मचारी संगठनका पूर्व अध्यक्ष । २२ भदौं अर्थात निजामती कर्मचारीको पर्व । निजामती सेवा भित्रका विकृती,बिसंगती,के कसरी सुधार्ने यो सेवालाई ? यही सेरोफेरोमा हाम्रा सहकर्मी महेश्वर गजुरेलले केही सबाल गरेका छन्
Advertisement 1
सरकारले २२ भदौंमा निजामती सेवा दिवस मनाउँदैछ । तपाई कार्यरत संस्कृति पर्यटन तथा नागरिक मन्त्रालयले यो दिवस कसरी मनाउँदै छ ?
कोरोनाको कारणले निजामती दिवस भव्य नभए पनि सामान्य खालको कार्यक्रम गरेर मनाइने छ । पहिले जसरी सार्वजनिक कार्यक्रममा हिडेको छैन् । यो बर्ष माहोल पनि छैन् । यो बर्ष निजमती दिवस मनाउनु र नमनाउनु कुनै अर्थ छैन् कारण निजामती कर्मचारीहरुको मूल कानुन तीन बर्षदेखि सदनमै अड्किएको अबस्था छ । निजामती कर्मचारी जस्लाई हामी स्थायी सरकार भन्दै आएका छौं,यद्यपि ऐन कानुनविहिन अबस्थामा चल्नुपरिरहेको छ । संघीय निजामती सेवा ऐन प्राप्त नहुँदा प्रदेश र स्थानीय तहको निजामती सेवामा भद्रगोल देखिएको छ । निजामती सेवा दिवसलाई निजामती सम्मानको रुपमा मनाउनु पर्छ । यो दिवस हामी निजामती कर्मचारीका लागि पर्व हो । बैक वीत्त संस्थाको वार्षिक उत्सब हुन्छ । सेना वा प्रहरीका आ आफ्नै दिवस हुन्छन् । ती दिवसमा भव्य कार्यक्रम हुन्छ तर, हाम्रो निजामती कर्मचारी दिवसका दिन सरकारले विदा दिन्छ र कर्मचारीहरुले यो दिन बिदा हुन्छ भन्ने मात्र अनुभव गरेका छन् । यो बाहेक अरु केही अनुभुती गर्न पाएका छैनन् कारण रचनात्मक वा अतिरिक्त क्रियाकलाप,उपलब्धिमुलक गतिबिधिहरु, प्रशासनिक नेतृत्वले गर्नै सकेन् ।
निजामती सेवामा लाग्नु भएको २४ बर्ष भयो । यो सेवा भित्रका बिशेषताहरु के के हुन ?
छनोट प्रकृया, विधि पारदर्शी रहेको छ । थोरै भए पनि समाजिक सुरक्षाको प्रत्याभुत गराईएको छ । पेन्सन, सामाजिक सुरक्षाका कार्यक्रमहरु ल्याइएको छ । पदसोपनको व्यवस्था छ । परिआए कर्मचारीले राजनीतिक नेतृत्व पनि लिन सक्छन् जस्तो हिजोको दिनमा जनप्रतिनिधि नहुँदा कर्मचारीले नै चलाएका थिए स्थानीय तह । निजामती सेवामा नियुक्तिका लागि गरिने भर्ना छनौटदेखि नियुक्ति पछि शुरु हुने बृत्ति विकासका सबै चरणमा योग्यता र क्षमता बाहेक कुनै अन्य गैह्र योग्यताको भूमिका रहनु हुंदैन भन्ने मान्यता नै योग्यता प्रणाली हो । निजामती सेवालाई कानुनी रुपमा आधार दिने र व्याख्या गर्ने गरिएको हुन्छ । सेवा प्रवेश पछि कुनै पनि कर्मचारीले निश्चित बृत्तिपथ अवलम्बन गर्दछ । उसको सरुवा तालिम,बढुवा, अवकाश जस्ता पक्षहरु प्हिला नै सुनिश्चित गरिएका हुन्छन । निजामती सेवामा खास क्षमता योग्यता भएका व्यक्तिहरुले मात्र भर्ना गरिन्छ । यो सेवाको अर्को विशेषता भनेको यस्ले समूह भावनामा आधारित भएर काम गर्दछ । निजामती सेवालाई स्वायत्त रुपमा कार्यसम्पादन गर्न प्रेरित गर्ने र सधंै उर्जाशील बनाई राख्न उसले पाउने सेवा सुविधा र क्षतिपूर्तिका कुराहरु जस्तो तलब, भत्ता, पेन्सन, उपदान, बीमा, औषधिउपचार, बिदा लगायत पुर्व निर्धारित हुन्छन् । सरकार भनेको अमूर्त बस्तु हो सरकारलाई मूर्तता दिने काम र नाम नै निजामती सेवा हो ।
निजामती सेवा भित्रका नकारात्मक पक्षहरु के के देख्नुभयो ?
यो क्षेत्रमा खुम्चिएर बस्नु पर्छ । उच्च व्यक्तिहरुले लगाम लगाइदिएका छन्,यसो बोल्नु हुन्छ,यस्तो बोल्न वा गर्न हुँदैन् भनेर,एक खालको थिचोमिचो छ । यो प्रकृयामुखी भयो । उच्च प्रशासकीय नेतृत्व राजनीति नेतृत्वप्रति लम्पट छ । राजनीतिले केहि आदेश नगरेसम्म वरको सिन्को पर नसार्ने प्रवृत्ति छ । राजनीतिको टाङमुनी छिरे पछि प्रशासकीय नेतृत्व अल्छी बन्दोरहेछ । नागरिकभन्दा हाकिमप्रति जवाफदेहिताको अवस्था रहेसम्म प्रशासन सुध्रदैन । हाम्रो प्रशासनमा स्वच्छता, पारदर्शिता एकादेशको कथा हुने स्थिती देखिँदैछ । नतिजामुखीभन्दा प्रक्रियामुखी बढी भइदिँदा सेवा प्रवाह प्रभावकारी हुन सकेन । समयमा निर्णय गर्न नसक्ने, सरल परिस्थितिमा मात्र कार्य गर्न रुचाउने, जोखिम मोल्न नसक्ने निजामती सेवाको विकृती हो । कर्मचारीको सरुवा, बढुवाजस्ता पक्ष सदैव विवादयुक्त भयो । यस्लाई वैज्ञानिक,अनुमानयोग्य र पारदर्शी बनाउने त भन्यौं तर कार्यन्वयन भएन । तलब सुविधा समसामयिक छैन् । राजनीति र निजामतीबीच समन्वयमा काम हुन नसक्नु, एक–अर्कामा दोषारोपणको अवस्था रहेनु । यी यो सेवाभित्रका दुर्वल तथा नकारात्मक पक्ष हुन् ।
कसरी सुधार्ने यी तमाम समस्या ? निजामती सेवा सुधार्नका लागि कस्को भुमिका कस्तो हुनु पर्छ ?
राजनीति नेतृत्वको मुल काम भनेको राजनीति नीति बनाउने हो । यसले सरुवा बढुवामा हात हाल्ने होइन् । राजनीतिले आफ्नो मुल काम गर्दैन् । मन्त्री परिवर्तन भए पिच्छे खरिदार र सुब्बाको सरुवामा हात हाल्छ । प्रशासनिक नेतृत्वले राजनीतिक नेतृत्वले बनाएको नीति नियम कानुनको परिपालनामा अडिक रहनु पर्ने हो । टे«ड युनियनले आफ्नो समुहको सरुवा बढुवामा रमाउँछ । कमाउ अड्डा संरक्षण गर्ने हतियार बनाउछँ । नागरिक समाज कुन ठाँउमा को छ ? भनेर सोध्दै हिड्छ । काठमाण्डौ जान पर्यो भने त्यहाँ आफ्नो कर्मचारी को छ ? भनेर सोध्ने गर्दछन् । आफ्नो भनेर काम गर्ने प्रबृत्ति रहेको छ । मेरो सम्पुर्ण कागजपत्र छ यसको आधारमा काम हुनु पर्यो भनेर दवाब र्सिजना गर्नु आवश्यक छ ।
हरेक बर्ष प्रदान गरिने निजामती पुरस्कार आलोचित बन्दै आएको छ । सिंहदरबार,शक्तिकेन्द्रसँग नजिकले मात्र यो पुरस्कार पाउँछन् । तक्मा वितवरणमा पनि त्यस्तै गुनासो सुनिन्छ । कसरी लिनुहुन्छ ?
सेवा प्रवाह दुरदराजमा पुग्नु पर्यो । कर्मचारीले आफैले दाबी गर्ने आधार बनाउनु पर्यो । पुरस्कार र तक्माको सिफारिस सचिवले होइन् आफैँ दाबी गर्ने हुनु पर्यो । यो बर्ष मैले यस्ता कार्यभार सम्पन्न गरेको हँुदा म निजामती पुरस्कारको लागि योग्य छु भनेर निवेदन माग गर्ने व्यवस्था बनाइनुपर्दछ ।
कार्यक्षमता मुल्यांकनका आधारमा भन्दा चाकडी र चाप्लुसीको आधारमा सरुवा बढुवा गर्ने रोग छ भन्छन् । त्यस्तो भोग्नु वा देख्न्ुाभयो ? कसरी सुधार्ने यस्लाई ?
मैले त त्यस्तो समस्या भोगिन तर सरुवाको बस्तुगत आधार भने बनाउन सकेनौं हामीले । सरुवा भनसुनको आधारमा मात्र भयो । टे«ड युनियनको नेतालाई सरुवाको निवेदन बोक्ने वातावरण बनायौं । सरुवा अनुमानयोग्य र वैज्ञानिक बनाइनुपर्दछ । यो पटक मेरो सरुवा एउटा जिल्लामा भयो भने अर्को पटक यो ठाउँमा हुन्छ भन्ने पहिल्यै निर्धारण भयो भने यस्ता समस्या हुदैन् । अहिले सरुवाको कागज मन्त्री, मन्त्रीको पिए, राजनीति दलको नेता, ट्रेड युनियनको नेताले बोक्छन । उसले भने मात्र काम गर्छ ।