सरकारी सिन्दुरसँगै साहित्य श्रृजनामा सक्रिय सहसचिव वस्ती :- हरेक बर्ष एक कृति
व्यक्ति एक पहिचान अनेक,इ गणेशराज बस्तीको विशेषता । पेशाले विशिष्ठ श्रेणीका सरकारी कर्मचारी (प्राविधिक सहसचिव) हुन वस्ती । सरकारी जागिरबाट निवृत्त भएपछि नामको अघि जोडिहालिन्छ ‘भूपु’ तर साहित्य,श्रृजना भन्ने चिजै यस्ता हुन जस्मा समर्पित व्यक्ति कहिल्यै भूपु हुँदैन् ।
Advertisement 1
सरकारी सिन्दुर पहिरिएर सेवासँगै साहित्य र श्रृजनाका आकाशमा होमिने थोरै साहित्यकारभित्र पर्दछन् इञ्जिनियर बस्ति । दश– पाँचको जागिरे समयबाट बचेखुचेको समय साहित्य श्रृजनामा मात्र कलम चलाउँदैनन् । ७१ सालदेखि यता हरेक बर्ष कुनै न कुनै कृति प्रकाशन गरिरहेका छन् । आधा दर्जन कृतिका लेखक हुन् । कवि, नियात्राकारका रूपमा परिचित बस्तीले ०७१ सालदेखि यता नियमित हर वर्ष कुनै न कुनै कृति बजारमा पाठकसामु पस्कँदै आएका छन् ।
Advertisement 2
लामो समय राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा प्रोजेक्ट प्रमुख रहेका उनी कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको सचिव भएर सरुवा हुनु अगावै ल्याए कवितासङ्ग्रह ‘परेली तरेली’ । मनको आँधी कृतिमार्फत कविको रुपमा दर्ज भएका बस्तीको ‘परेली तरेली’ दुई खण्डमा बाँडिएको छ । पहिलो खण्डमा सपनाको परेलीहरुभित्र ७ वटा शीर्षकभित्र ५७ वटा उपशीर्षकमा कविता समावेश छन् भने सम्झनाका तरेलीभित्र ६ शीर्षकभित्र ४३ वटा गरी कूल १ सय कविताको संग्रह हो परेली तरेली । जो गद्य कविताको संगालो हो ।
कविले कृतिमा आफ्ना बाल्यकालको स्मृतिलाई उजागर गर्ने प्रयाश गरेका छन् । कृतिमा धेरै ठाउँमा इञ्जिनियर र कविको जम्काभेट भएको पाइन्छ । उनले कृतिमा मानवीय स्वभाव,सामाजिक व्यवहार,नेपाली राजनीतिमा भएका विद्रुप पक्षहरु कवितामार्फत खोतल्ने प्रयाश गरेका छन् ।
Advertisement 3
६६ सालमा प्राविधिक सेवा प्रश्नोत्तर संग्रह प्रकाशन गरेका वस्तीले ०७१ सालबाट यता हरेक बर्ष एक न एक कृति पाठकबाट ल्याइरहेका छन् । साहित्यिकमात्र होइन उनले यो बीचमा उनी लोकसेवा तयारी गरिरहेका विद्यार्थीदेखि, आन्तरिक बढूवाका लागि प्रतिष्प्रर्धामा उत्रने तयारी गरिरहेका कर्मचारीहरुलाई उपयोगी हुने लोकसेवा सहयोगी पुस्तक तयारीमा जुट्छन् ।
इन्जिनियरिङ सेवा प्रतियोगितात्मक परीक्षा दिग्दर्शन,विकास व्यवस्थापन बजारमा ल्याएका वस्तीले ०७३ सालमा भवन, आवास तथा शहरी विकास (नेपाल सन्दर्भ),०७३ लोकप्रिय कृतिभित्र पर्दछ । यस्तै ०७४ सालमा मनको आँधी (कविता संग्रह),नियात्रा ०७५ सालमा सार्वजनिक गरेका बस्तीको संघर्ष कृति दुई संस्करण प्रकाशन भइसकेको छ । यस्तै प्रश्नहरुको संगालो ०७७ सालमा सार्वजनिक गरेका उनले इञ्जिनियर तयारी गरेकाहरुलाई लक्षित गर्दै इन्जिनियर पदका परीक्षामा ५० पूर्णाङ्कको नयाँ विषय र त्यसमा पनि‘General Awareness and Contemporary Issues’ उप–विषय पच्चीस अंकको पाठ्यपुस्तक तयार भएको चाल पाएसँगै सोही कुरालाई मध्यनजर गर्दै प्राविधिक सेवाका लागि अति उपयोगी ‘General Awareness and Contemporary Issues’ लोकसेवा तयारी सम्बन्धि पुस्तक बजारमा ल्याए ।
०७८ सालमै उनले तरेली परेली कविता संग्रह बजारमा ल्याएका छन् ।