पुर्व प्रधानपंच जिवन प्रसाद ढकाल

वि.सं. २००५ साल कार्तिक महिनाको ३० गते स्याङ्जा जिल्ला (सा. वि.) पंचमूल गा.वि.स वडा नं. ४ वास्कोटमा जिवन प्रसाद ढकालको जन्म भएको हो । हाल स्याङ्जा जिल्ला अर्जुनचौपारी गा.पा. वडा नं. ४ वास्कोट पिता उदानन्द ढकाल र माता धर्मिदवी ढकालको साईला सुपत्रको रुपमा जन्म लिनु भएको थियो। उहाँले २०१७ सालमा वेद चण्डी लगाायत सस्कृत शिक्षा २ वर्ष पढ्नु भयो । २०२३ साल मा श्री.त्री. शहीद मा.वि.मा ६ कक्षा सम्म अध्ययन गर्नु भयो। विसं २०२६ सालमा यमाया ढकालसँग वैवाहिक जिवनमा जोडिनुभयो। उहाँको १ छोरा र ७ छोरी गरी ८ सन्तान थिए । नेपाली समाजमा ८ सन्तान ठुलो सदस्यको परिवार रहेको मानिन्छ। उहाँ विवाहा पश्चात लाहुरे हुन २०२९ सालमा भारत छिर्नु भयो। उहाँले लाउरे जिवन करिव ६ वर्ष विताएर आफ्नै जन्नभूमि फर्किआउनुभयो।
Advertisement 1
जिवन प्रसाद ढकालले लाहुरे भएर आए सगैँ राजनिति जिवन सुरु गर्नुभयो। विभिन्न समयमा विभिन्न सामाजिक काम गर्नु साथै उच्च ओहोदामा बसेर काम गर्ने अवसर पनि प्राप्त गर्नुभएको थियो। जस्तै पञ्चमूल गाँउ पंचायत मा २०३९ सालमा वडा. नं. ३ को वडा अध्यक्ष हुनुभयो। र वडा अध्यक्ष भएको ५ वर्ष पछि कार्यवाहक प्रधानपंच समाल्ने अवसर पाउनु भएको थियो । सोहि समयमा श्री शहीद प्रा. वि (खोर) को विद्यालय व्यवस्थापन समितिको अध्यक्षको रुपमा करिव १० वर्ष काम गर्नुभएको थियो । उहाँले श्री.त्री. शहीद मा.वि. को जिल्ला पंचायत को मनोनित सदस्य समेत हुनुभएको थियो।

Advertisement 2
पूर्व पंचायत कार्यभार समाहाल्ने क्रममा एक उदाहरणिय काम गर्नुभएको थियो। जसमा साथ दिने उनका केहि साथिहरु पनि रहेका थिए। जुन स्याङजा जिल्लामा सदैव सम्झने कामको रुपमा लिइन्छ। प्रधानपंच ढकालले वि.सं २०३९ साल पांच पंचायत(रापाकोट, अरुचौर, पञ्चमूल, दरौं, र अर्जुनचौपारी) गरी करिव २० जना मानिलाई वाघले आक्रमण गरी हत्या गरेको थियो। यस समयमा त्यसठाँउका मानिसलाई आफ्नो ज्यान जोगाउन गाह्रो भएको वेला अरुचौर पंचायत प्रधानपञ्च प्रजापती खनाल र उपप्रधानपंच नारयण प्रसाद पौडेलको सहकार्यमा काठमाडौं दरवार गई राजा विरेन्द्र सँग भेटवार्ता गरी र आफ्नो समस्या सुनाएपछी राजा विरेन्द्रलेआफ्नो निजी सिखारी पठाई रापाकोट पंचायत वडा नं ४ मरेस स्थित उक्त बाघलाई धराप थापी वाघलाई नियात्रणमा लिई उक्त वाघ काठमाडाैं दरवार पठाइएको थियो। यो नै उहाँको कार्यकालको सबैभन्दा ठुलो योगदान मानिएको छ।










