बिचार मरेकोमा चिन्ता गर्नुहोस, नेता लडेकोमा होइन

लक्ष्य नै नभए पछि, बाटा जताततै हिडेंहुन्छ। दुनियाँ पार्टी फुटेन चिन्ताका कुरा गर्छ्न तर
१) संबिधानमा समाजवाद उन्मुख हुने कुरा नेपालका पार्टीले छोडेकोमा कसैलाई चिन्ता छैन।
२) बिचारधारा र सिद्धान्तलाई तिलान्जली दिए प्रती कसैलाइ चिन्ता छैन। साइनबोर्डले पार्टीको पहिचान हुने हो ?
३) बिचारमा प्रतिबद्धता, बैचारिक नैतिकतामा निष्ठा हुने हो भने त समस्याको समाधान निस्कन्छ होला।
४)बोट मरे पछि फल लागदैन होला, थारो गाइले दूध दिदैन होला, पुतलीसडकमा पैन्ट सर्ट लगाएर उभिएका डमि मनिस होइनन, मामिसका आकृती मात्रै होलान।
५) चिन्ता छ राजनीतिमा यदि समाजबादी राजनीति समाप्त भएको भन्ने, कम्युनिस्टका नाममा नवउदार्बाद मौलाएको छ भन्ने, पार्टी कार्याकर्ता माफियामा रुपान्तरण भएका छ्न भन्ने कुरामा भने चिन्ता गर्नु होस र बहस गर्नुहोस। बिचारधारा स्थापित गर्नुहोस, पार्टी फुट्दैनन। बालुवाले मात्र इटाजोडेर पर्खाल बेनेको देख्नु भएको छरु पर्खाल, घर बन्न त बालुवा सिमेन्ट हाल्नु पर्छ। बिचारधारा भनेको यहि सिमेन्ट हो।
६) मैले पढेको त कम्युनिस्टले बिचारधारा चिन्छ, नेता चिन्दैन भन्ने थियो। तर नेपालमा कम्युनिस्टले बिचार होइन नेता मात्र चिन्छ। पार्टी दाहाल र ओलिका कारणले फुट्ने होइन। पार्टी दलाली गर्ने माफिया कार्यकर्ता, नेताको घुंडा, कम्मर, कांध हुँदै टाउमा चड्ने कार्यकर्ता, मन्त्री हुन ज्यान त्याग्ने छोटे नेता, टिकट काटेर बनेका सदस्यले हो पार्टी फोड्ने।
७) इतिहास जति पुरानो हुँदै जान्छ, उतिनै प्रष्ट हुँदै जान्छ। एक दिन सबैको इतिहास लेखिन्छ। कस्तो इतिहास लेखाउन चाहनु हुन्छ ? मिङ्ग सम्राट चियाचिङ्ग लाई एउटा विद्वान हाइ रुइ र धननन्दलाई चाणक्यले तिमीहरु जनबिरोधि राजाहौ भन्ने आंट गरे। मर्ने बेलामा चियाचिङ्गले नातिलाइ भन्यो “तिमिले राम्रो राजा बन्नु। विद्वानको संगत गर। मैले ऐले थाह पांए म गलत रहेछु, सुध्रीन चाहान्छु, तर सुध्रीने समय नै रहेन”
८) बिचारधाराको लंडाइ लड्नु होस, समाजबादका लागि कुस्ति खेल्नु होस, गरिबको आवाज बन्नु होस, देशको समृद्धिका लागि लाप्पा खेल्नु होस, केही फरक पर्दैन। तर लंडाइ हड्डीका लागीमात्र हो भने कसैले जित्दैन।
९) नेपाली पार्टीहरुका कर्याकर्ता जबसम्म झोलेका हैसियतमा रहन्छन, तबसम्म नेताहरु लडिरहन्छ्न। तेसैले, बिचार मरेकोमा चिन्ता गर्नुहोस, नेता लडेकोमा होइन। फेसबुकमा लेख्ने थुप्रैको चिन्ता गोरु मरेपछि रगत चुस्न पाइन्न भन्ने किर्नाको चिन्ता जस्तै हो।

प्रकाशित :२०७७ कार्तिक १८, मंगलवार ०८:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry