जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

झापा। वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेइ) सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ।
Advertisement 1
मेचीनगर नगरपालिका–८ की ६४ वर्षीया महिलाको जेइ सङ्क्रमणबाट मृत्यु भएपछि जिल्लामा जेइबाट ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ।
जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार गत साता ती महिलाको मृत्यु भएको हो। यससँगै जिल्लामा जेइ सङ्क्रमितको सङ्ख्या ११ पुगेको छ। हालसम्म चार महिला र दुई पुरुषको मृत्यु भइसकेको छ।
Advertisement 2
उक्त कार्यालयबाट जिल्लाका विभिन्न स्थानमा जेइ परीक्षणलाई बढाइनका साथै स्वास्थ्यकर्मीको टोली अनुगमनका निम्ति निरन्तर परिचालन भएको उनले राससलाई जानकारी दिए।
प्रकाशित :२०८३ भाद्र ५, शुक्रबार १४:४५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








