संघीयता सेतो हात्ती बन्यो,खारेज गरौं : निरूदेवी पाल

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेकपाकी नेता निरूदेवी पालले फेरि संघीयता खारेज गर्नु पर्ने धारणा राखेकी छन्।

Advertisement 1

विघटित प्रतिनिधि सभा सांसदसमेत रहेकी पालले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा संघीयता सेतो हात्ती भएको उल्लेख गर्दै यसको खारेजीको मुद्दा लिएर जनतामा जान राम्रो हुने भने भन्दै प्रधानमन्त्री ओलीलाई सुझाव दिएकी छन्।
संघीयता नामको सेतो हात्ती नेपालले धान्न नसक्ने भएकाले प्रदेश खारेज गर्नुपर्ने बताएकी छन्। सामाजिक सञ्जाल फेसबुकमा बिहीबार साँझ विघटित प्रतिनिधी सभाकी सांसद पालले प्रदेश खारेज गरेर स्थानीय तहलाई बलियो र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यवस्था गर्नुपर्ने धारणा राखेकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुरोधसहित लेख्दै उनले आर्थिक स्थिति कमजोर भएको मुलुकले संघीयता धान्न नसक्ने दाबी गरेकी छन्। ‘मलाई पार्टीले कारबाही गरेपनि गरोस्, कुनैदिन टिकट पाएछु र जनताले हराएछन भनेपनि ठिकै छ सहुँला।’ उनले भनेकी छन्,‘तर हाम्रो जस्तो सानो मुलुक आर्थिक स्थिति कमजोर भएको मुलुक। प्रत्येक नेपालीको टाउकोमा विदेशीको ऋण छ।’

Advertisement 2

विघटित प्रतिनिधिसभा अन्तर्गत महिला तथा सामाजिक समितिकी सभापति पालले तलब र भत्तामै देशको ढुकुटी नसिध्याउन अनुरोध गर्दै स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाएर जनताको घरदैलोमा सेवा पुर्‍याउनुपर्ने बताएकी छन्।

‘प्रधानमन्त्री ज्यू, यो संघियता नामको सेतो हात्ती हाम्रो मुलुकले धान्दैन मुठ्ठी भर नेता त खुसि छौ कोहि मुख्यमन्त्री, कोहि प्रदेश मन्त्री, कोहि सांसद छौं, तलब भत्तामै देशको ढुकुटि न सिध्याऔं।’उनले लेखेकी छन्,‘जनताले चाहेको अधिकार विकेन्द्रिकरण हो बरु स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाऔं, जनताको घरदैलोमा सर्वसुलब ढंगले सेवा पर्‍याऔं। ’

Advertisement 3

ओली समूह निकट रहेकी पालले नेताहरुको सुरक्षा पनि कटौती गर्न माग गरेकी छन्। ‘प्रदेश सरकार खारेज गरौं, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यवस्था गरौं ।’ उनले भनेकी छन्, हाम्रो मुलुकले यत्रो तामझाम बेहोर्न सक्दैन, नेताहरुको सुरक्षा पनि कटौती गरौं सम्माननीय प्रधानमन्त्री ज्यु यहि एजेन्डा लिएर जनतामा जाँदा राम्रो हुनेछ। मेरो अनुरोध हजुरलाई।’
उनले फेसबुकमा लेखेकी छन्स् सम्माननीय प्रधानज्युलाई फेरिपनी मेरो अनुरोध छ। मलाई पार्टीले कारबाही गरे पनि गरोस् कुनैदिन टिकट पाएछु र जनताले हराए छन् भने पनि ठिकै छ सहुँला तर हाम्रो जस्तो सानो मुलुक आर्थिक स्थिति कमजोर भएको मुलुक। प्रत्येक नेपालीको टाउकामा विदेसिको ऋण छ तसर्थ प्रधानमन्त्रीज्यु यो संघीयता नामको सेतो हात्ती हाम्रो मुलुकले धान्दैन मुठ्ठीभर नेता त खुसी छौं कोही मुख्यमन्त्री कोही प्रदेश मन्त्री कोही सांसद छौं। तलब भत्तामै देशको ढुकुटी नसिध्याऔं। जनताले चाहेको अधिकारको विकेन्द्रीकरण हो बरू स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाऔं जनताको घरदैलामा सर्वसुलभ ढंगले सेवा पुर्‍यायौं। तर प्रदेश सरकार खारेज गरौं। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यवस्था गरौं। सम्माननीय प्रधानमन्त्रीज्यु, तर हाम्रो मुलुकले यत्रो तामझाम व्यहोर्न सक्दैन नेताहरूको सुरक्षा पनि कटौती गरौं सम्माननीय प्रधानमन्त्रीज्यु यही एजेन्डा लिएर जनतामा जाँदा राम्रो हुनेछ। मेरो अनुरोध हजुरलाई।

पहिलो पटक २०७२ सालमा ओली प्रधानमन्त्री हुँदा पाल प्रधानमन्त्रीको सल्लाहकार समूहमा थिइन्।

प्रकाशित :२०७७ माघ २३, शुक्रबार ०८:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry