निजामती सेवामा अहिलेका तीन मुद्दा
निजामती सेवामा कार्यरत कर्मचारीले खुलाबाट माथिल्लो पदमा सिफारिस भइ नियुक्ति लिंदा तल्लो पदमा खाइपाइ आएको ग्रेडसिमा नाघ्यो भनेपनि शुरु तलबस्केल मात्र दिनेकुरा निजामती सेवा ऐनसँग समेत बाझिन्छ । बढुवा मान्न नसकिने कुरो त ठीक हो तर निजको सेवा अवधि जोडिन्छ त्यतिमात्र होइन तल्लो पदबाट माथिल्लो पदमा सिफारिस भइ नियुक्ति लिएको कर्मचारीले रमाना लिएर जान्छ । तसर्थ रमाना लिएर जाने कर्मचारीको हकमा खाइपाइ आएको तलब घट्नु उचित होइन ।
२. संघ, प्रदेश र स्थानीय तहबीच संविधानको मर्म बमोजिम समन्वय, सहकारिता र सहअस्तित्वका लागि प्रदेश सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत संघीय निजामती सेवाको हुनुपर्छ । तर, स्थानीय तह तथा प्रदेशका कर्मचारी लाई अन्तरसेवा प्रतिस्पर्धाको माध्यमबाट मुख्यसचिव सम्म हुने बाटो खुला राखिदिनुपर्छ ।
३. निजामती सेवाको माथिल्लो तहमा अनुभवी कर्मचारी चाहिन्छ त्यसैले सहसचिव पदमा खुला प्रतियोगिता आवश्यक छैन तर, आन्तरिक प्रतिस्पर्धा आवश्यक छ । आन्तरिक प्रतिस्पर्धाले कार्यरत कर्मचारीलाई अध्ययनशील र सक्रिय बनाउछ । छड्के प्रवेश गर्न चाहनेलाई बढीमा उपसचिवसम्म नत्र शाखा अधिकृतसम्मको बाटो खुला गरिदिनुपर्छ । अनुभवविना बाहिरबाट सहसचिवमा आउनेको कार्यसम्पादन अनुभवी कर्मचारीको भन्दा निकै कम भएको कुरा धेरैबाट आउने गरेको र देखिएको छ । तर, अनुभवी कर्मचारीले पनि निजामती सेवाको शाँख बढाउन असक्षम रहेको कुरा चैं सत्य हो । यसमा सच्चिन चैं जरुरी नै छ ।
-ढकाल नेपाल सरकारका उपसचिव हुनुहुन्छ ।
प्रकाशित :२०८० बैशाख ४, सोमबार १२:२७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%