गरिमा हत्या विरोधमा काँकरभिट्टामा र्‍याली

झापा। बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विरोधमा आज काँकरभिट्टामा र्‍याली भएको छ।

Advertisement 1

जनचेतना महिला केन्द्रको आयोजनामा मेचीनगर नगरपालिका क्षेत्रका विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र विद्यार्थीको सहभागिता रहेको विरोध र्‍यालीले काँकरभिट्टा बजार परिक्रमा गरेको थियो।

¥यालीमा ‘हत्या हिंसा बन्द गर, अन्याय अब सहिन्न, बलात्कारीलाई फाँसी दे, गरिमालाई न्याय दे’ जस्ता नारा लगाइएको थियो। र्‍यालीपछि आयोजित कोणसभालाई जनचेतना केन्द्रकी संयोजक राधाप्रधान कार्की र विद्यार्थीहरुले सम्बोधन गरेका थिए।

प्रकाशित :२०८३ भाद्र ५, शुक्रबार १३:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry