योग्यतामा आधारित राजनीति

बिषय प्रवेश
Advertisement 1
राज्य अर्मूत विषय हो यो जहिले पनि स्थीर रहने गर्दछ । यसलाई चलाउने वा संचालन गर्ने विविध नीतिरुले गर्दछन् त्यस्ता विविध खाले नीतिरुको मूल नीति हो राजनीति । यी नीतिहरुको प्रभावकारी कार्यान्वयन भएमा मात्र राजनीति प्रभावकारी भएको मानिन्छ । हरेक राज्यहरुमा मूल नीतिका रुपमा लिखित र अलिखित दस्तावेज रहन्छन् । तिनलाई संविधानको नाम दिइएको छ । संविधान नै राज्य संचालनको भरपर्दो र प्रभावकारी साधन बनेको हुन्छ ।
सोहि संविधान मार्फत राजनीतिक प्रणालीको स्वरुपको रेखाङ्कन गरेको हुन्छ । यहाँ राजनीतिक प्रणालीद्धारा संविधान (मूलनीति) बन्छ या मूल नीति मार्फत राजनीतिक प्रणाली सुनिश्चित हुन्छ भन्ने द्बिविधा समेत रहन्छ यो अण्डा पहिला आयो कि चल्ला भने बहस जस्तै हो ।
Advertisement 2
आधुनिक राज्य प्रणालीलाई हेर्ने हो भने हरेक राज्यको मूल नीतिका रुपमा रहेको संविधान मार्फत कस्तो राजनितिक प्रणाली बनाउने भन्ने मोटामोटी खाका व्यवस्थित गरिएको हुन्छ जसले असल र प्रभावकारी राजनीतिक संस्कार विकासित र व्यवस्थित गर्ने प्रयास गरेको हुन्छ । यति हुँदाहुँदै पनि हामीले हाम्रो राजनीतिक प्रणालीमा थुप्रै कमजोरी देखेका छौ । खासगरि हाम्रो देश नेपालका सन्दर्भमा लगातार राजनीतक परिवर्तनहरु हुँदै आएका भएतापनि हामी सबैको पक्षमा उल्लेख्य परिवर्तनको अनुभूति गर्न सकिरहेका छैनौ ।
हामीले राजनीतिक क्रान्ति गर्यौं । विभिन्न परिवर्तन गर्यौं । जेल नेल बस्यो । खाइनखाई सम्पूर्ण जीवन राजनीतिक गतिविधिहरुमा समाप्त गर्यो तर त्यतिभाँती गरेको राजनीति आफैमा कस्तो रह्यो त्यसबाट भएका परिवर्तन (कथित ठूलाठाला) बाट आम जीवनमा केही परिवर्तन भएन यो गम्भिर प्रश्नहरु हो । यस्ता प्रशस्त प्रश्नहरु रहेका छन् माथि उल्लेखित विषयहरु वा गतिविधिहरु राजनीतिक प्रणाली संचालनका योग्यता हुन वा तिनै विषय नै राज्य संचालनका निर्धारक तत्व हुन ।
साँच्चै कस्तो सुधार वा परिवर्तनबाट आगामी राजनीतिक प्रणाली संचालन गर्ने त विविध विषयहरुमा छलफल गर्नु आवश्यक देखिएको छ । राजनीतिक प्रणाली कसरी संचालन गर्ने भन्ने विषय त राज्य भित्र क्रियाशिल दलहरुको अवस्था र उनीहरुले अंगिकार गर्ने व्यवहार र दर्शनको आपसी तालमेलले सुनिश्चित गर्दछ। निर्देशीय व्यवस्थामा विभिन्न समूहहरुले निर्देशित हुन्छ भने बहुदलीय प्रणालीमा दलहरुको विधानद्धारा व्यस्वथित र संचालित हुन्छन् । जुनसुकै दर्शन,विचार,वाद अंगालेको भएता पनि उसले अंगाल्ने व्यवहार अर्थात उनीहरु आन्तरिक सांगठनिक प्रणाली कस्तो रहन्छन् भन्ने कुराले स्वंय दललाई र समग्र राजनीतिक प्रणालीलाई प्रभाव पारेको हुन्छ ।
Advertisement 3
यहाँ हामीले संगठनका सदस्यहरु कस्ता रहने, छनोट कसरी गर्ने जिम्मेवारी दिने मानक के हुने आदि विषयलाई योग्यतामा आधारित राजनीतिक अर्थमा छलफल गर्दैछौ ।
संविधानमा राजनितिक दल र योग्यताका शर्तः
नेपालको संविधानले बहुदलीय संसदीय शासन व्यवस्था अंगालेको छ । दल खोल्ने र राजनितिक गतिविधी गर्न पाउने हक आम जनताका लागि संविधानले नै ग्यारेण्टी गरेको छ । संविधानको धारा २७० मा राजनितिक दलको गठन दर्ता र सञ्चालन धारा मा राजनितिक दललाई प्रतिवन्ध लगाउन बन्देज र धारा २७१ मा राजनितिक दलको रुपमा निर्वाचनका लागि मान्यता प्राप्त गर्न दर्ता गराउनु पर्ने व्यवस्था बारे व्यवस्था गरिएको छ । उल्लेखित संवैधानिक व्यवस्थाहरुमा राजनैतिक दलका रुपमा दर्ता हुन केहि प्रावधानहरुको अनिवार्य पालना हुनुपर्दछ । ति यसप्रकार छन्
(क) दलको विधान र नियमावली लोकतान्त्रिक हुनुपर्छ।
(ख) दलको विधानमा कम्तिमा पाँच वर्षमा एक पटक सो दलको संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्दछ ।
(ग) दलको विभिन्न तहका कार्यकारिणी समितिका नेपालको विविधतालाई प्रतिविम्वीत गर्ने गरी समावेशी प्रतिनिधित्वको व्यवस्था गरिएको हुनुपर्दछ।
राजनीतिक दलको विधानः
संविधान र कानूनका शर्त पालना हुने गरी सबै राजनीतिक दलहरुको आफ्नो विधानमा व्यवस्था समावेश गरी राजनैतिक दलका रुपमा दर्ता गरेका हुन्छन् जसमा सदस्यहरुको योग्यता, जिम्मेवारी, भूमिका, निर्वाचन प्रणाली र अवधि लगायतका आवश्यक सबै शर्त र प्रावधार समावेश गरिएको हुन्छ । हाम्रो पार्टी नेपाल कम्यूनिष्ट पार्टी ( एकीकृत समाजवादी) को अन्तरिम विधान, २०७८ मा पार्टी सदस्य हुन देहायको योग्यता तोकेको पाइन्छ ।
१६ वर्ष उमेर पुरा भएको नेपाली नागरिक
नैतिकवान र स्वच्छ चरित्र भएको
मानसिक सन्तुलन नगुमेको
नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय नभोगिरहेको
प्रचलित कानूनले अयोग्य नभएको
पार्टाट सञ्चालिक आन्दोलन र कार्यक्रमहरुमा सहयोगी
पार्टीको सिद्धान्त कार्यक्रम र निति आत्मासात गरि कार्यक्रम न गर्न तत्पर
पार्टीको विधान र नियमावली मान तयार
पार्टीको कुनै जनसंगठन वा संयन्त्रमा संगठित भई जिम्मावारी पुरा गर्न तत्पर
उत्पादनमूलक श्रममा संलग्न हुन र सामाजिक आर्थिक रुपान्तरणमा क्रियाशिल हुन तत्पर
उल्लेखित योग्यता पुगेको व्यक्तले एक जना संगठित सदस्यको सिफारिस साथमा राखी आफू रहेको पार्टी कमिटिमा निवेदन दिनु पर्ने शर्त तोकिएको छ ।
यसैगरी पार्टीको अन्तरिम विधानमा संगठित सदस्यको समेत योग्यता र शर्त तोकिएको पाइन्छ ।
पार्टीको सदस्यता प्राप्त गरी कुनै कमिटिमा संगठित १ वर्ष काम गरेका ।
पार्टीको सिद्धान्त कार्यक्रम र नितीप्रति प्रतिबद्ध तथा विधानलाई निःशर्त स्वीकार गरी कार्यान्यवन गर्न तत्पर ।
कम्यनिष्ट आचारण र नैतिकताको पालना गर्न सार्वजनिक जावफदेहिता बहन गर्न र पारदर्शि जीवन शैली अपनाउ प्रतिबद्ध ।
उपरोक्त योग्यता पुरा गरेको व्यक्तिले दुई जना संगठित सदस्यको सिफारिस सहित निवेदन दिनुपर्ने शर्त समेत रहेको छ । यसका अलावा केन्द्रिय समिति, प्रदेश समिति, जिल्ला समिति, जनसंगठनहरु, सम्पर्क मञ्च लगायतका अन्य सबै खाले समितिका पदाधिकारी, सदस्यहरु रहने व्यवस्था छ तर उनिहरु सबै अधिवेशन मार्फत सर्वसम्मत वा निर्वाचनद्बारा छनौट हुने व्यवस्था छ यो नै लोकतान्त्री विधी हो ।
यसैगरि दलको नियमावलीमा आन्तरिम समितिहरुको संख्या, छनौट प्रक्रिया, उम्मेदवारी मापदण्ड मार्फत केही न केही योग्यता तोक्ने गरेकाफ पाइन्छ ।
सबैभन्दा पछिल्लो समयमा गठन भएको हाम्रो पार्टीको विधान केही अध्यावधिक भएतापनि यसका व्यवहारिक समस्या भने छन् तर स्थापति भैसकेका पार्टीहरुमा यतिको व्यवस्था समेत परेका छैनन् भने व्यवहार त जगजाहेरै छ ।
राजनितिक दलमा शैक्षिक/पेशागत योग्यता
कुनै पनि दलको आन्तरिक संगठन संरचनामा पार्टी सदस्यमा हुनुपर्ने योग्यता मात्रै काफी हुन सक्ला तर विशेष सांगठनिक र राजनीतिक नियुक्तिका पदहरुमा शैक्षिक व्यवसायिक योग्यता तोकिने प्रचलन रहेसँगै त्यस्ता लाभका पदहरुमा जानका लागि निर्णय गर्नुपर्ने सांगठनिक पदमा रहने दलका पदाधिकारीहरुको पनि निश्चित शैक्षिक र व्यवसायिक (प्रोफेशशनल) योग्यता र अनुभव जरुरी (अनिवार्य) गर्नुपर्ने समय आएको छ ।
अपठितले पठित र अनुभवीलाई अनुभव दिनेले शासन, निर्देशन र जिम्मेवारी दिने विषयलाई मानवीय संवेदना र सम्मान र आदर भावको नजर ले हेर्न अब ढिला गर्नु हुदैन् र समाज बुझ्ने दलको परम्परा व्यवहार बुझ्ने विषयमा राजनीतिक अनुभव निष्ठाले काम गर्ला तर निश्चित पेशागत अनुभव आवश्यक पर्ने राजनैतिक पदका लागि सोही अब राजनीतिक दलका आन्तरिक संरचना देखिने न्यूनतम शैक्षिक योग्यता अनुभवलाई पनि मापदण्डका रुपमा थपगरी जिम्मेवारी दिने प्रक्रिया आरम्र्भ गर्नुपर्दछ यसलाई फगत बहसका रुपमा मात्र नबुझ्न दलका प्रमुख नेताहरुलाई बुझाउने बेला आएको छ ।
अन्तमा,
परम्परागत राजनितिकहरुले राजनितिकक कार्यमा समाप्त भई आर्थिक कार्यभार लाई अगाडी बढाउन आवश्यक छ भन्ने कुरा दोहोर्यइरदा पुँजीवादी साम्राज्यबादको डरलाग्दो पर्खाल ढाल्न दक्षिणपन्थी विसर्जनवाद विरुद्ध लड्न विद्रोह गरेको हाम्रो पार्टी निर्माणकै क्रममा रहेको यथार्थ छदैछ । संविधानले अंगिकार गरेको समाजवाद उन्मुख अर्थतन्त्र र सो लागि तय गर्नुपर्ने वैज्ञानिक समाजवादको यात्रा पार गर्न हामी र हाम्रो पार्टीले फरक भएर सोच्ने र सहि निर्ण र छनौटका वैज्ञानिक आधार मार्फत कार्यकर्ता एकीकृत गर्दै बास्तवमै एकीकृत समाजवादी शक्ती बन्ने दिशामा अगाडी बढ्नु । परम्परागत राजनितिक संस्कार छोड्दै नयाँ ढंगको राजनितिक प्रणाली स्थापना गर्न सोही अनुसारको संस्कार अवलम्बन गर्दा स्वतन्त्र पार्टी र समुहका नाममा क्रियाशिल आकर्षण भएका नेता कार्यकर्ता र जनमत ल्याई एउटा भरपर्दौ र नेतृत्ववादी दलका रुपमा स्थापित हुन सकेका मात्र हामिले रोजेको विद्रोहको बाटो सहि रहेको प्रमाणित हुनेछ । सबै जागौँ सँगै लागौः लक्ष्य समाजवादको यात्रा समृद्धिको ।