१ वर्षमा ९ करोड ८४ लाख १४ हजार बराबरको सागसब्जी निर्यात

भ्mापा। भारत, बङ्गलादेश र अमेरिकामा गरी १ वर्षमा रु ९ करोड ८४ लाख १४ हजार बराबरको सागसब्जी निर्यात भएका छ।
Advertisement 1
प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले एक वर्षमा पूर्वी नाका काँकडभिट्टाबाटबाट उक्त सागसब्जी निर्यात गरेको जनाएको हो। आर्थिक वर्ष २०८२÷८३ मा छ हजार ५१९ मेट्रिक टन बन्दागाभी, सिमी र हरियो खुर्सानी निर्यात भएको हो।
बन्दागोभी ६ हजार २०१ मेट्रिक टन भारत निर्यात हुँदा रु ९ करोड ४७ लाख ६२ हजार विदेशी मुद्रा प्राप्त भएको छ।
Advertisement 2
यसैगरी, हरियो खुर्सानी रु १ लाख ७६ हजारको र टमाटर रु १ लाख १७ हजारको बङ्गलादेश निर्यात भएको हो।
सोही अवधिमा २६० मेट्रिक टन सिमी अमेरिका निर्यात हुँदा रु ५ लाख ९९ हजार रकम नेपाललाई प्राप्त भएको छ।
प्रकाशित :२०८३ भाद्र ५, शुक्रबार १४:३८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








