गाह्रो छैन लोकसेवा

अहिले निजामती सेवाप्रतिको आकर्षण बढ्दो छ । यसले पछिल्लो समयमा निजामती सेवामा प्रवेशका निम्ति दरखास्त दिनेहरूको संख्या ह्वात्तै बढ्नुका साथै प्रतिस्पर्धाको दायरा पनि फराकिलो बनेको छ ।
Advertisement 1
अघिल्लो वर्षको तथ्यांक हेर्ने हो भने शाखा अधिकृत पदका निम्ति दरखास्त आह्वान गरिएको करिब तीन सय ७५ रिक्त पदमा लगभग २३ हजार पाँच सय जति दरखास्त परेका थिए । यसरी हेर्दा माग हुने रिक्त पदको तुलनामा दरखास्त संख्या अत्यधिक हुने भएकाले लोकसेवा आयोगको जाँच पास गर्नु साँच्चिकै कठिन छ भन्ने धेरैको बुझाइ हुन्छ ।
के लोकसेवाको परीक्षा उत्तीर्ण गर्नु वास्तवमै मुस्किल छ रु मेरो अनुभवमा त छैन । के कस्तो पक्षमा ध्यान दिएर तयारी गरे लोकसेवा आयोगको जाँच उत्तीर्र्ण गर्न सकिएला रु धेरैको प्रश्न यही हो । अतः यस आलेखमा यस्तै प्रश्नलाई सम्बोधन गर्दै मैले नेपाल सरकारको शाखा अधिकृतसम्मको जाँच उत्तीर्र्ण गर्दा सँगालेका अनुभवका आधारमा लोकसेवा परीक्षाप्रतिको आफ्नो दृष्टिकोण पस्केको छु । साथै, यसमा सफल हुन ध्यान दिनुपर्ने विषय र परीक्षाको तयारी गर्दा विचार गर्नुपर्ने सामान्य कुराको बारेमा प्रस्ट्याउने प्रयत्न गरेको छु ।
Advertisement 2
निजामती सेवाका निम्ति लोकसेवा आयोगले लिने परीक्षामा प्रतिस्पर्धीको संख्या धेरै हुनु नौलो कुरा होइन । लोकसेवा आयोगको जाँचमा दरखास्त संख्या धेरै हुँदैमा आफू उत्तीर्र्ण हुने सम्भावना कम हुन्छ कि भनी सोच्नु गलत छ । वास्तवमा दरखास्त दिने धेरैजसो व्यक्तिले लोकसेवाले निर्धारण गरेको सम्बन्धित पदको पाठ्यक्रमसमेत राम्रोसँग बुझ्न र अध्ययन गर्न भ्याएका हुँदैनन् । अझ यथार्थमा भन्नुपर्दा दरखास्त दिनेमध्ये २५ प्रतिशतले मात्र पाठ्यक्रम बुझेर अध्ययन गरेका हुन्छन् र वास्तविक प्रतिस्पर्धा त्यही २५ प्रतिशतभित्र हुन्छ ।
ती २५ प्रतिशत परीक्षार्थीमध्ये पनि केही प्रतिशतले लोकसेवा आयोगले लिने प्रथम चरणको परीक्षा अर्थात् प्रवेशिका परीक्षा पनि भन्न सकिन्छ नै उत्तीर्ण गर्न सक्दैनन् । त्यो संख्यालाई पनि घटाउँदा प्रथम पत्र उत्तीर्र्ण भई वास्तविक प्रतिस्पर्धाको दायराभित्र आउने प्रतिस्पर्धी मात्र १५ देखि २० प्रतिशत हुन्छन् । यो संख्या करिब चारदेखि पाँच हजार हुन आउँछ । पछिल्लो तीन वर्षमा लोकसेवा आयोगको प्रथमपत्रको नतिजाबाट यस्तो अवस्था देखिन्छ।पुरा अध्ययनः यदि विद्यार्थीले तन मन दिएर किताबको सम्पूर्ण ज्ञान लिन सक्यो भने उसले करिब प्रशनपत्रमा आउनसक्ने प्रश्नको बारेमा भेउ पाउन सक्छ ।
Advertisement 3
पुुराना प्रश्नपत्रको अध्ययनः परीक्षा तयारी गर्दा विद्यार्थीले सधैं सम्झनुुपर्ने विषय हो, पुुराना प्रश्नपत्रको अध्ययन । यसले परीक्षाको फरम्याट कस्तो हुन्छ भन्ने मात्र प्रष्ट पार्दैन उत्तर कसरी दिने वा कस्ताकस्ता प्रश्नहरु बढी महत्वपूर्ण छन् भन्ने जान्न सहज हुुन्छ । कुन प्रश्नलाई कति समय दिने भन्ने पनि यसले सहयोग पु¥याउँदछ । यस्तै ग्रुप ए मा दिईएका कति प्रश्नमध्ये कतिवटा प्रश्न कति समयावधीमा हल गर्नुपर्ने र तिनका पूर्णाङ्क कति हुन् भन्ने बारे जानकारी हुन्छ ।
समूह बनाएर पढ्नेः परीक्षाको तयारीमा जुटेका विद्यार्थीले समूह बनाएर अध्ययन गर्दा राम्रो हुन्छ । कहिले आफूले प्रश्न सोध्ने र कहिले आफूलाई प्रश्न सोध्न सकिन्छ र यसो गर्दा आत्मविश्वास बढ्छ । यसका अलावा पढेको कुुरा स्पष्टसँग बुुझ्न सकिन्छ । त्यसबाहेक साथीहरुको नोटकाट पनि नयाँ जानकारी वा ज्ञान पाउन पनि सकिन्छ ।
लेख्दै अध्ययन गर्नेः पुरै पाठ कण्ठ गर्ने वा पाठ बाचन गर्ने शैली त्यती प्रभावकारी मानिदैन, खासगरी स्मरणका लागि । आफुले पढेको कुरा सम्झन वा बुझ्नका लागि लेख्ने बिधी उपयुक्त हुन्छ । लेख्ने तरिका छिटो र सजिलो माध्यम हो स्मरण गर्नको लागि । कुनैपनि पाठ याद गर्नका लागि पुस्तक पढ्ने वा लेख्ने र आँखा चिम्लिएर त्यसलाई मनन गर्ने हो ।
बिहान पढ्नेः कक्षामा शिक्षकले पढाएको विषयलाई घरमा आएर राम्रोसँग अध्ययन गर्ने बानी विद्यार्थीका लागि उपलब्धि मूलक हुनसक्छ । परिक्षामा मात्र पढ्ने विदार्थीहरुले भने कठिन सामग्रीहरु बिहानै उठेर पढ्नुपर्छ । फ्रेस दिमागले पढ्दा सम्झन सजिलो हुने विभिन्न अध्ययनमा देखिएको छ ।
चार्ट र डायग्रामको प्रयोगः कुुनै विषयवस्तुु पढ्दा श्रव्यदृश्य सामग्रीले सम्झन निकै सहयोग पु¥याउँछ । यदि यस्तो उपकरण नभएको खण्डमा महत्वपूर्ण विषयलाई चार्ट वा डायग्राममा उर्तानु पर्छ जसलाई सम्झन् सकियोस् ।
पर्याप्त सुत्नेः परीक्षाका नाममा निद्रा मारेर नसुत्दा भोलिपल्ट दिमाग फ्रेस नहुने समस्या हुन्छ । यसले स्वास्थयमा पनि समस्या निम्ताउन सक्छ । त्यसैले पर्याप्त सुत्नु राम्रो हुन्छ ।
स्वास्थ्यको ख्याल गर्नेः परीक्षाको तनाव, अनिन्द्रा, खानपानमा अनियमितताको कारण धेरै बिद्यार्थीलाई यसबेला स्वास्थ्य समस्या देखापर्न सक्छ । केहि विद्यार्थीहरु परीक्षाको समयमा बिरामी परेर परिक्षा नै छुटेको समाचारहरु पनि हामीले सुनेका छौँ । त्यसैले परीक्षामा पनि आफ्नो दिनचर्यालाई सन्तुलित राख्ने प्रयास गर्नुपर्छ । सहि समयमा सुत्ने, उठ्ने खाने तालिका अनुसरण गर्नुपर्छ ।
खानेकुरामा ध्यान दिनेः परिक्षाको बेलामा ताजा खानेकुरा खाने, पर्याप्त पानी पिउने गर्नुपर्छ । किनभने शारीरिक तथा मानसिक रुपमा स्वास्थ्य भइयो भने नै पढेको कुरा मस्तिष्कले ग्रहण गर्छ । र, त्यसलाई आफुले सरल ढंगमा प्रस्तुत गर्न सकिन्छ ।
नियमित ब्रेक लिनेः परीक्षा आयो भन्दैमा विद्यार्थीहरू निरन्तर पुुस्तक र नोट बुुकमा मात्र केन्द्रित हुुनुु हुुँदैन । नियमित रुपमा ब्रेक लिनुुपर्छ । रातमा पढ्दा सम्झन सजिलो हुुने विद्यार्थीले दिनमा धेरै थकाइ मार्ने र दिनमा पढ्दा सम्झन सजिलो हुुने विद्यार्थीले रातमा थकाइ मार्ने गर्नुुपर्छ । जुुन समयमा पढे पनि नियमित ब्रेक भने लिनुुपर्छ ।
आफूले जानको कुुरालाई साथीहरुलाई भन्नेः भनाइ नै छ, विद्यार्थीलाई सिक्नको लागि पुुस्तक अध्ययन गरेरभन्दा आफूले जानेको कुुरा अरुलाई भन्दा बढी प्रभावकारी हुुन्छ । त्यसैले साथीहरुलाई आफूले पढिरहेको विषयको प्रश्न आफैंलाई सोध्न लगाउने गर्नुुपर्छ । यसो गर्दा सम्झन कठिन भएको विषय स्पष्ट हुुने र परीक्षामा लेख्न अल्मलिने समस्याबाट मुुक्ति पाइन्छ ।
परीक्षाको दिन बिशेष तयारीः परिक्षाको दिन दिमागलाई प्रेसर दिनु कदापी हुँदैन । त्यसैले परीक्षाको दिन अगाबै मिहिनेत गरेर नियमित पठनपाठन गर्नुपर्छ भनिएको हो । परीक्षाको दिन सखारै उठेर केहि बेर ध्यान गरेर ब्रेकफास्ट लिनुपर्छ । समयलाई हेक्का राख्नुपर्छ । परीक्षाको समय आवश्यक पर्ने सरसामाग्रीहरु जस्तै दुईवटा पेन, पेन्सील ईरेजर, स्केल जस्ता जोमेटी बक्स र एडमिट कार्ड अर्थात् प्रवेश पत्र भुल्नुहुँदैन । परीक्षाको दिन परीक्षा समयभन्दा ठिक २० मिनेट अगाडी परीक्षास्थल पुग्नुपर्छ । र प्रशनपत्र राम्ररी अध्ययन गरेर मात्रै उत्तर दिनुपर्छ नभुलौँ एउटा प्रश्न पूर्ण रुपमा बुझ्नु भनेको ४० प्रतिशत हल गरीनु बराबर हो ।