२ फर्मलाई जरिवाना

काठमाडौं। आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ वटा फर्मलाई जरिवाना गरेको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम अनुगमनका क्रममा कैफियत देखिएपछि वेष्ट सपिङ सेन्टर ठमेललाई रु २ लाख ५ हजार बराबरको जरिवाना गरेको हो।
Advertisement 1
यस्तै, कान्तिपुर क्याफे एपयरपोर्टलाई पनि रु २ लाख ५ हजार बराबरको जरिवाना गरेको छ। हेभन ह्याण्डिक्राफ्ट २६ ठमेल र गुडलक ट्रेकिङ सप ठमेलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।
विभागले सोमबार कूल ४७ वटा फर्ममा अनुगमन गरेकामा ४३ वटालाई भने सुधारात्मक निर्देशन दिएको छ। उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा विभागले नियमित रूपमा अनुगमन गर्दै आएको छ।
प्रकाशित :२०८३ बैशाख १५, मंगलवार ११:४०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%












