शाखा अधिकृतको उम्मेद्धार उत्तरपुस्तिका नै बोकेर घरतिर हिडेपछि…..

लोकसेवा आयोगले लिएको शाखा अधिकृतको परीक्षामा उम्मेद्धारले उत्तरपुस्तिका नै बोकेर घरतिर लगेको फेला परेको छ ।

Advertisement 1

आयोगले गत असोज ३० गते लिएको शाखा अधिकृतको परीक्षामा परीक्षार्थीले उत्तरपुस्तिका नै बोकेर घरतिर हिडेको भेटिए पछि उनको उम्मेद्धारी खारेज गरिएको लोकसेवा आयोग केन्द्रीय कार्यालयले जनाएको छ ।

कुलेश्वर परीक्षा केन्द्रमा सञ्चालित उक्त परीक्षामा सहभागी मास्टर आई डि ४००५५ र ८७९०४५ रोल नम्बर भएकी सीता खरेलले आफ्नो उत्तरपुस्तिका झोलामा राखेर घर लगेको बताउँदै उनको परीक्षा रद्द गरिदिएको आयोगले जनाएको छ ।

Advertisement 2

सीताले निर्धारित तेश्रो पत्रको उत्तरपुस्तिका निर्धारित समयमा बुझाउनुपर्ने उत्तरपुस्तिका नबुझाई आफ्नै झोलामा राखेर घर लगेपछि परीक्षा रद्ध गरिएको आयोगले भनेको छ । उनले अब दुई वर्षसम्म लोकसेवाको कुनैपनि परीक्षा दिन नपाउने गरी आयोगले कारवाहीसमेत गरेको छ ।

Advertisement 3

सीता खरेलले तेस्रो पत्रको उत्तरपुस्तिका निर्धारित समयमा बुझाउनु पर्नेमा आफ्नै झोलामा राखेर लगेकाले आयोगको निर्णयाअनुसार निजको उक्त परीक्षा रद्ध गरी आगामी दुई वर्षको लागि आयोगबाट सञ्चालन हुने कुनै पनि परीक्षामा उम्मेदवार हुन नपाउने गरी कारबाही गरिएको छ,’ आयोगले आज जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित :२०७९ कार्तिक २, बुधबार १६:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry