लोकसेवा आयोगको प्रश्न बनाउने र कापी जाँच्ने सुवेदीका लोकसेवा पढ्ने मन्त्र

तपाईं लोकसेवाको तयारी गर्दै हुनुहुन्छ ? छ भने तपाईंका लागि यो टिप्स अति नै उपयोगी हुनेछ ।
प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र लामो समय अर्थ मन्त्रालयको सचिव भएर अवकास पाएका ट्यालेन्ट शान्तराज सुवेदीले आज तपाईंलाई टिप्स दिँदैछन् । उनले कस्ता प्रश्न आउँछन्, कस्तो तयारी गर्ने, परिक्षामा कसरी लेख्ने र कसरी अन्तर्वार्ता दिएर सरकारी जागिर खान सफल हुने भनेर तपाईंलाई सिकाउने छन् ।
Advertisement 1
अर्थसचिवबाट २०७४ कात्तिक २ गते अवकास पाए सुवेदी अहिले लोकसेवा आयोगको प्रश्न बनाउने र कापी जाँच्ने काममा सक्रिय छन् । जसकारण उनले दिएको टिप्स तपाईंका लागि झनै उपयोगी हुनसक्छ ।
तपाईंले भिडियोमा पनि विस्तृत टिप्स हेर्न सक्नुहुनेछ ।
Advertisement 2
अहिले निजामतिमा सेवामा मात्रै होइन, संस्थान, सुरक्षा निकाय, स्थानीय सबै तहमा लोकसेवा आयोगमार्फत प्रतिष्पर्धाबाटै छानिन्छन् । लोकसेवा आयोग अहिले मात्रै होइन पहिलेदेखि नै आस्थाको केन्द्र रहँदै आएको छ । त्यसकारण लोकसेवा आयोगमा प्रतिष्पर्धा निकै बढी छ । यो निष्पक्ष हुन्छ भन्ने विश्वासका आधारमा आयोगप्रति आस्था पनि कायम छ ।
कसरी पास गर्ने लोकसेवाको परीक्षा ? सुवेदीकै शब्दमा
परीक्षाको तयारीका लागि हामीले एउटा हातमा भएका औंला बराबरको तयारी गर्यौं भने पुग्छ ।
Advertisement 3
पहिलो पाठ्यक्रमको संकलन र व्यवस्थित अध्ययन हो । दोस्रो आफ्नो पाठ्यक्रममा भएका विषयहरुमा तथ्यरतथ्यांकहरुको अपडेट गर्ने कुरा हो । तेस्रो, योसँग आएका नयाँ विषयवस्तुहरुमा विज्ञ तथा साथीहरुसँग छलफल गर्ने हो । चौथो, लेखाइलाई शुद्ध, स्पष्ट र राम्रो बनाउने कुरा हो । पाँचौं, समय व्यवस्थापन गरेर पढ्ने र निर्धारित समयमा लेख्ने हो ।
यी पाँच विषयमा ध्यान दिने हो भने फलामको चिउरा चपाएजस्तो लोकसेवा आयोग पास गर्न नसकिने कुरा होइन ।
कतिपय मानिसहरु एक वर्ष, दुई वर्षको तयारीमै लोकसेवा पास गर्छन् । कोही वर्षौं परीक्षा दिँदा पनि पनि उत्तीर्ण हुँदैनन् । उनीहरुको समस्या भनेको लेखन शैली नै हो ।
भर्खरै सार्वजनिक भएको उपसचिव, सहसचिवको परीक्षामा केही अपेक्षा गरेका मानिसहरुले नाम निकाल्न सकेनौं भने । खास उनीहरुको समस्या लेखनमै थियो ।
उनीहरुले लेखनसिप सुधार्नुपर्ने थियो । तर, उनीहरु पढ्नतिरमात्रै लागे । तीन घण्टाको समयमा चित्तबुझ्दो गरी लेख्न सक्नु निकै ठूलो कुरा हो । यसमा ध्यान दिनुपर्यो । निर्धारित समयमा पढ्ने लेख्ने गर्ने हो भने सहज हुन्छ । वर्षौ वर्ष परीक्षा दिइराख्नुपर्दैन । धेरै वर्ष कक्षा लिइरराख्नु पनि पर्दैन ।
प्रथम पत्रका लागि ट्युसन, आर्थिक सर्वेक्षण, बजेट, पत्रपत्रिकाको धेरै उपयोग देखियो । आफ्नै विवेक लगाएर लेख्नुपर्यो । आफूले लेखेको कपी आफूले हेरेर भन्न सकिन्छ, म यति लेखें भने पास गर्न सक्छु ।
हाम्रोजस्तो विकासोन्मुख मुलुकमा सरकारी सेवामा बसेर नागरिकको सेवा गर्नु, सरकारको सेवा गर्नु र राष्ट्र निर्माणमा योगदान गर्न पाउनु भनेको अत्यन्तै महत्वपूर्ण र ठूलो अवसर हो ।
यो अवसरका लागि प्रतिस्पर्धात्मक परीक्षामा अब्बल ठहरिनैपर्छ । यो परीक्षामा अव्वल ठहरिनका लागि स्कूल, कलेजमा डिस्टिङसन ल्याउनुपर्दैन । सामान्य विद्यार्थीले पनि पास गर्न सकिन्छ ।
लकडाउन लम्बियो भनेर आत्तिने होइन, ट्युसन सेन्टर धाएर होइन, घरमै पढेर पास गर्न सकिन्छ । तपाई आफूले नै विवेक प्रयोग गरेर अघि बढ्नुभयो भने पास गर्न सक्नुहुन्छ । बजारमा पाइने सबैथरीका किताव किनेर पनि पढ्नुपर्दैन आवश्यक र विज्ञ व्यक्तिले लेखेकाका केही पुस्तकहरु अध्ययन गर्न सकिन्छ ।
लकडाउन भनेको एउटा उचित अवसर हो । लोकसेवा तयारीका लागि यसलाई भरपुर उपयोग गर्न सकिन्छ । लकडाउनले अवसरहरु दिएको छ । यसबाट लोकसेवा पास गर्ने राम्रो वातावरण बनेको छ ।