सरुवामा मनपरी :-कोही पाँच महिनामै तानिए,कोही २० महिनामा

कर्मचारी सरुवा गर्ने तजबिजी अधिकारी मन्त्रालयसँग हुन्छ तर त्यही अधिकारको गलत ढंगबाट प्रयोग भयो भने कर्मचारीले कुन मानसिकताले काम गर्ला ? गृह मन्त्रालयले खटाइएका कर्मचारीमध्ये केहीलाई चार पाँच महिनामै विना कारण मन्त्रालयमा तान्ने क्रम निरन्तरता पाउँदै आएको छ । यसैगरी हिजोमात्र गृहले पाँच महिनामै एक जना सीडीयोलाई गृह मन्त्रालयमा तानेर त्यहाँ अर्काे कमर्चारीलाई प्रमुख जिल्ला अधिकारी बनाएर खटाएको छ ।

Advertisement 1

गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गर्दा केही ५ महिनामै गृहमा फिर्ता बोलाइएका छन् भने केही २० महिनापछि मन्त्रालयमा तानिएका छन् । गृहले अर्घाखाँची,बर्दिया,कपिलबस्तुसहित प्यूठान जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई गृह मनत्रलय र मातहतका निकायमा तानेर त्यहाँ नयाँ प्रमुख जिल्ला अधिकारी खटाउँदा अर्घाखाचीमा प्रमुख जिल्ला अधिकारी रहेका हरिप्रसाद घिमिरे पाँच महिनामै सरुवा भएका छन् । उनी गत कार्तिक ३ गते त्यहाँ हाजिर भएका थिए । गृहले उनको ठाउँमा शशिधर घिमिरेलाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको छ ।

यस अघि रसुवाका प्रमुख जिल्ला अधिकारी रहेका ईश्वरी प्रसाद ढकाल (आइपी) र लमजुङका प्रमुख जिल्ला अधिकारी रहेका हेम लुँइटेल ५ महिनामै गृहमा फिर्ता ल्याइएको थियो ।

Advertisement 2

यस्तै बर्दियाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका सन्तबहादुर सुनारलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा पठाएर त्यहाँको प्रमुख जिल्ला अधिकारीमा बन्धुप्रसाद बास्तोलालाई खटाइएको छ भने खिमराज भुसाललाई त्यहाँबाट गृहमा तानिएको छ । उनले सो जिल्लाको नेतृत्व २० महिना गर्ने अवसर पाएका थिए । बास्तोलाका ठाउँमा गृहले सुनिता नेपाललाई खटाएको छ ।

यस्तै कपिलवस्तुमा धर्मेन्द्र कुमार मिश्रलाई प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएको छ । यस अघि त्यहाँका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डे थिए उनलाई १३ महिना पछि गृहमा तानिएको हो । स्थानीय तहको निर्वाचन आचारसंहिता लागेपछि कर्मचारीको सरुवा गर्न नपाइने हुँदा गृहले सामान्य प्रशासनले कर्मचारी सरुवालाई तिव्रता पारेका छन् । निर्वाचन आयोगले चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ।

प्रकाशित :२०७८ चैत्र १७, बिहीबार १०:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry