मन्त्रालयको गाडीभित्रै यौनक्रियाकलाप,तीन पक्राउ

मध्यराती सेतो नम्बर प्लेट भएको गाडी जंगलको बीचमा । गाडीभित्रै यौनजन्य गतिविधि भइरहेको । महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी टोली गस्तीमै थियो । महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीको टोली गस्ती गर्न क्रममा रंगेहात सडक किनारामा रोकी राखेको सरकारी गाडी भित्र महिला नग्न अवस्थामा भेटिए ।
केरकार गर्दा थाहा भयो सेतो नम्बर प्लेटको सरकारी गाडी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको रहेछ । र सरकारी गाडीभित्र यौनजन्य गतिविधि गर्ने सोही गाडीका चालक ।

Advertisement 1

यो घटना घटेको थियो भक्तपुरको सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडाको जङ्गलमा । रातको ११ बजे गस्तीमा हिडेको टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरिएको हो । जंगलको बीचमा रोखिराखेको प्रदेश ३ ०१ ००२ झ ५०५२ नम्बरको गाडीमा यौनजन्य गतिविधि गरिरहेको अबस्थामा पक्राउ गरिएको प्रहरीले पुष्टि गरेको छ । सरकारी नम्बर प्लेटको गाडीमा यौनजन्य क्रियाकलाप गरिरहेको तीन व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई पुरुष र एक महिला छन् ।
प्रहरीले भक्तपुर बस्ने ४१ वर्षीय जितबहादुर खत्री, सुनकोशी गाउँपालिका–६ का ३८ वर्षीय शम्भु कार्की र दोलखाकी २१ वर्षीय महिलालाई पक्राउ गरेको जनाएको छ । महिला र गाडी चालकलाई राति नै नियन्त्रणमा लिएको छ । गाडी चालक मन्त्रालयकै कर्मचारी भएको स्रोतको भनाइ छ । फरार कार्की बिहीबार हिजै पक्राउ परेका छन् । उनीहरु उपर मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १२३ सार्वजनिक स्थानमा यौन क्रिया गर्न नहुने महल (१) नम्बरको कसुर चलाइने भएको छ ।

 

Advertisement 2

 

प्रकाशित :२०७८ असार २५, शुक्रबार ०७:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry