खरदार- नासुमारा तलबमानको विरोधमा सिंहदरबारका कर्मचारीहरु उत्रिए ‘पेन डाउन’मा

सरकारले ल्याएको नयाँ तलबमानको विरोधमा सिंहदरबारकै कर्मचारीहरु आन्दोलित भएका छन् । सरकारले हालैमात्र उच्च तहका कर्मचारीहरुको तलबमानमा २० देखि २६ प्रतिशतसम्मले बृद्धि गरेको थियो । एउटै तहबीच समानता कायम गर्न भन्दै असमान तलबमानलाई समान पारिएको बताइए पनि खरददार र नासु,नासु र अधिकृतबीचको तलबमानको ठूलो खाडल बनेको थियो । अर्थ मन्त्रालयले बजेट घोषणाविपरीत उच्च तहको कर्मचारीहरूको तलब धेरै वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित भएका हुन् ।
यस अघि बजेट बक्तव्यमा सबै कर्मचारीहरुको समान १५ प्रतिशत तलब बृद्धि गरिएको थियो तर संसदको श्रम तथा उद्योगसमितिको हबला दिएर नयाँ तलबमान सार्वजनिक गरिएको छ । सोही तलबमानको विरोधमा मुलुकको प्रमुख प्रसाकीय केन्द्र सिंहदरबारभित्रकै कर्मचारीहरु आन्दोलित भएका हुन ।
उनीहरुले पेन डाउन गरी कामकाज ठप्प पारेका छन् ।
नासु बचाऊ अभियानको नेतृत्वमा पेन डाउन गरिएको हो । मन्त्रालयका नासु र खरिदारहरू आन्दोलनमा निस्किंदा मन्त्रालयको कामकाज प्रभावित भएको छ ।

प्रकाशित :२०७९ श्रावण २३, सोमबार १३:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry