पूर्वनासु घिमिरेविरुद्ध सवा दुई करोडको भ्रष्टाचार मुद्दा

भन्सार विभागका तत्कालीन नायब सुब्बा रघुनाथ घिमिरेविरुद्ध दुई करोड १४ लाख ४६ हजार ६५७ रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।घिमिरेले एयरपोर्ट भन्सार, विभिन्न भन्सार कार्यालय र राजश्व अनुसन्धान विभागमा राजश्व हिनामिना गरी राजश्व छलेको, गैरकानुनी काम गरी राजश्वका विभिन्न कार्यालयबाट करोडौं सम्पत्ति कमाएर श्रीमती लगायत परिवारका सदस्यहरुको नाममा लुकाएको अभियोगसहित अख्तियारले मुद्दा चलाएको हो।

Advertisement 1

अख्तियारले घिमिरे र पत्नी गौतमलाई प्रतिवादी कायम गरी स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई निजको नाममा हाल कायम सम्पत्तिमध्येबाट बिगो जफत गरी पाउन मागदावीसहित अख्तियारले विशेष अदालतमा मुद्दा चलाएको छ।

उनले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती र परिवारका अन्य सदस्यको नाममा लुकाएर राखेको पाइएको छ । त्यसैगरी विभिन्न कम्पनीमा लगानी गरेको, सेयर खरिद गरेको र जग्गामा लगानी गरेको आयोगका प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनले विगत २७ वर्षमा अकुत सम्पत्ति आर्जन गरेको देखिन आएको हो ।

Advertisement 2

उनी र उनको परिवारको कुल आय पाँच करोड २५ लाख १६ हजार ३२७ रुपैयाँ रहेको देखिन आएको छ । जुन वैध आम्दानीभन्दा दोब्बर बढी भएको बताइन्छ ।

आरोपितमाथि प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९२० बमोजिम कैद तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा २९ ख बमोजिम असुल उपर गरी पाउन माग दाबीसहित विशेष अदालत काठमाडौंमा आज मुद्दा दर्ता भएको हो । उनी विभिन्न समयमा काठमाडौं विमानस्थलको भन्सार, अन्य भन्सार कार्यालय र राजश्व अनुसन्धान विभागमा सरुवा भएका थिए ।

प्रकाशित :२०७९ चैत्र १९, आईतवार १९:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry