प्रदेशका कर्मचारीहरुलाई दैनिक दुई सय खाजा खर्च

सरकारले कर्मचारीहरुलाई दैनिक दुई सय खाजा भत्ता दिने भएको छ । अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट प्रस्तुत गरेको बजेटमा कर्मचारीहरुलाई दैनिक दुई सय खाजा भत्ता दिने भएको हो ।

Advertisement 1

मुख्यमन्त्री कार्कीले प्रदेशसभाको अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याएका हुन । ३६ अर्ब २४ करोड ३५ लाख १० हजार को बजेट सार्वजनिक गरेका मुख्यमन्त्री तथा अर्थमन्त्री कार्कीले प्रदेशका कर्मचारीहरुलाई दैनिक खाजा खर्च बापत दुई सय रुपैयाँ दिने व्यवस्था गरेका हुन ।

बजेट वक्तव्यको बुँदा नम्बर १९९ मा कर्मचारीलाई खाजा खर्च प्रदान गर्ने कुरा उल्लेख गरिएको छ । प्रदेशमा कार्यरत कर्मचारीहरूलाई कामप्रति उत्प्रेरित र जवाफदेही बनाउन प्रोत्साहन स्वरूप खाजा खर्च प्रदान गर्ने व्यवस्था गरिएको जनाइएको छ ।

Advertisement 2

यसैगरी कोशी प्रदेश सरकारले प्रदेशको सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन भन्दै प्रदेशमा कार्यरत कर्मचारीहरूलाई विद्युतीय हाजिरीका आधारमा प्रतिदिन दुई सय रुपैयाँका दरले खाजा खर्च दिने भएको छ ।

प्रदेशका १९१ निकाय तथा कार्यालयमा कुल स्वीकृत दरबन्दी ३ हजार ९८४ मध्ये ५८ दशमलव ६ प्रतिशत अर्थात् २ हजार ३३५ मात्रै पदपूर्ति छन् । यसमा १ हजार ७७९ स्थायी र ५५६ करारमार्फत पदपूर्ति रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

Advertisement 3

प्रदेश सरकारले ल्याएको कर्मचारीलाई खाजा कार्यक्रमअन्तर्गत विद्युतीय हाजिरीको आधारमा २ हजार ३३५ जना कर्मचारीले दैनिक २ सयको दरले खाजा खर्च पाउने छन् ।

यसका साथै सुशासन, क्षमता विकास र सेवाको प्रभावकारिताका लागि प्रदेश सरकारले ९० करोड विनियोजन गरेर कार्यान्वयन गरिरहेको हो ।

प्रकाशित :२०८० असार ३, आईतवार १०:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry