सार्वजनिक निकायलाई नियमित सेवा प्रवाह गर्न ललितपुर प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय ललितपुरले यहाँका सबै सरकारी एवं सार्वजनिक निकायलाई मङ्गलबारदेखि नियमित सेवा प्रवाहको व्यवस्था मिलाउन अनुरोध गरेको छ।

Advertisement 1

सहायक प्रजिअ ललितकुमार बस्नेतले आज विज्ञप्ति जारी गर्दै महानगरवासीले आउँदो आइतबार, सोमबार र मङ्गलबार मात्र नागरिकता, प्रतिलिपि, नावालिग परिचयपत्र, राहदानी र हातहतियार दर्ता नवीकरण सेवा लिन पाउने जानकारी गराएका छन्।

sewa_prab_0001.jpg

Advertisement 2

यहाँका तीन गाउँपालिकावासीले बुधबार तथा गोदावरी र महालक्ष्मीनगरवासीले बिहीबार र शुक्रबार सेवा लिन पाउने पत्रमा उल्लेख छ।

यसैगरी प्रशासन कार्यालयले सङ्घसंस्था दर्ता सोमबार र बुधबार तथा सङ्घसंस्था नवीकरण आइतबार, मङ्गलबार र बिहीबारका साथै पत्रपत्रिका तथा छापाखाना दर्ता र विधान संशोधन शुक्रबार मात्रै गरिदिने पत्रमार्फत बताएको छ।

Advertisement 3

त्यसैगरी शान्त्ति सुरक्षाको निवेदन र कानूनबमोजिम हुने मुद्दा तथा विपद् व्यवस्थापनसम्बन्धी कार्य भने कार्यालय खोलिएका हरेक दिन गरिने जानकारी गराइएको छ। सेवाग्राही यदि कसैलाई रुघाखोकी र ज्वरो जस्ता लक्षण देखिएमा कार्यालय प्रवेशमा रोक गरिने बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित :२०७८ असार ७, सोमबार २०:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry