लेखा अधिकृतको काम :- होटलको कीर्ते बिल बनाएर राज्यको साढे दुई लाख झ्वाम
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कीर्ते बिल बनाएर भुक्तानी लिएको भन्दै एक जना लेखा अधिकृत,दुई कर्मचारीसहित होटलका सञ्चालकलाई प्रतिवादी बनाएर मुद्धा चलाएको छ ।
Advertisement 1
पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत मोहन बहादुर बुढाले फर्जी बिल बनाएर भुत्तानी लिएको भेटिएपछि उनीविरुद्ध रातो घर विशेष अदालतमा पुगेको हो ।
अख्तियारले लेखा अधिकृत बुढासहित होटल सञ्चालकविरुद्ध पनि मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार ०७८ माघ महिनादेखि २०७९ जेठ मसान्तसम्म विभिन्न खर्च शीर्षकबाट खर्च लेखि विभिन्न होटलका फर्जी बिल तयार गरी रकम हिनामिना गरिएको भेटिएपछि उनीहरु विरुद्ध अख्तियारले विशेषमा मुद्धा दायर गरेको हो ।
अख्तियारका अनुसार रामजाली फ्रेस ढावा तन्दुरी सेन्टर एण्ड होटलका सञ्चालक भविलाल राम्जाली, नगरपालिकाका अधिकृत छैठौं लाल बहादुर सुवेदी, शिक्षा शाखा अधिकृत तुलसी केसीले लेखा अधिकृतलाई किर्ते बिल बनाउन सहयोग गरेको बताएका छन् ।
Advertisement 2
उनीहरुविरुद्ध दुई लाख ६२ हजार ५०२ रुपैयाँ विगोदावीसहित जरिवाना र कैद सजायको मागदाबी गरिएको छ ।