थप सहज र पारदर्शी बनाइन्छ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लिखत रजिष्ट्रेशन भएको शतवार्षिकीको अवसरमा आजदेखि तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।

Advertisement 1

आगामी वैशाख १ गते प्रधानमन्त्रीको उपस्थितिमा राष्ट्रियसभा गृहमा विशेष कार्यक्रमको आयोजना गरिने छ । भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागअन्तर्गतका सबै भूमि सुधार÷मालपोत कार्यालय र नापी कार्यालयले जग्गा प्रशासनका क्षेत्रमा अहिलेसम्म भए गरेका पछिल्ला सुधारका बारे सूचना तथा जानकारी उपलब्ध गराउने छ ।

भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक पिताम्बर घिमिरेले देशका १२६ कार्यालयबाट सेवा प्रवाह भइरहेको जानकारी दिँदै ती कार्यालयबाट प्रवाह हुने सेवा सुविधालाई सरल, सहज, पारदर्शी बनाउने प्रयास भइरहेको बताए  ।

Advertisement 2

उनले भूमि व्यवस्थापनको कार्यलाई थप प्रभावकारी बनाउन कृषि योग्य जमिनको खण्डीकरण नियन्त्रण एवं भूउपयोग नीति तथा ऐनको कार्यान्वयनका लागि आवश्यक योजना र कार्यक्रम तय गरिएको बताए  ।

देशमा विसं १९७९ वैशाख १ गतेलिखत रजिष्ट्रेशन पारित भएको उनले बताए  । मन्त्रालयले रुकुम, बाँके, महोत्तरी र डडेल्धुरामा कार्यालय थप गर्न लागेको समेत बताइएको छ ।

प्रकाशित :२०७९ बैशाख १, बिहीबार ०९:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry