तलब माग्दै कर्मचारीहरु आन्दोलित

अस्पतालका कर्मचारीरूले दुई महिनादेखि तलब-सुविधा नपाएको भन्दै आन्दोलन सुरू गरेका छन्। समयमा तलब नपाएपछि कर्मचारीहरु आइतबारदेखि आन्दोलित बनेका छन्। नियमित काम गर्दापनि विराटनगरको कोसी अस्पतालमा कार्यरत १ सय २१ जना चिकित्सक र कर्मचारीले कात्तिक र मंसिर महिनाको तलब नपाएपछि आइतबारदेखि आन्दोलित बनेका हुन्।

Advertisement 1

उनीहरूले आइतबार बिहान १ घण्टा अस्पताल प्रशासनअगाडि धर्ना दिएका कारण बिहान १० बजेदेखि ११ बजेसम्म अस्पतालको ओपीडी सेवा बन्द रहेको छ । प्रदेश १ कै सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था कोसी अस्पतालमा चिकित्सक र कर्मचारी गरेर ६ सय १ जना कार्यरत छन्। तीमध्ये तलब नपाएका १ सय २१ जना विकास समितिले करारमा नियुक्त गरेकाहरू हुन्।

विकास समितिले चिकित्सक, स्टाफ नर्स, हेल्थ असिस्टेन, अनमी, फार्मेसी सहायक, ल्याब टेक्निसियन, खरिदार, मुखिया, चालक, कार्यालय सहयोगीसहित गरेर १ सय २१ जनालाई करारमा नियुक्त गरेको थियो। समितिको नियमित बैठक बस्न नसक्दा उनीहरूको करार अवधि पनि थप हुन सकेको छैन।

प्रकाशित :२०७९ पुष ३, आईतवार १५:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry