आयल निगममा ७ वर्षअघिको झझल्को, घाटा थेग्नै नसक्ने अवस्था

नेपाल आयल नियगले एक सातामा नै दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। मंगलबार निगमले डिजेल, पेट्रोल तथा मट्टितेलमा २ रुपैयाँ मूल्यवृद्धि गरेको हो। माघ २८ गते पनि निगमले डिजेल, पेट्रोल र मट्टितेलमा २ रुपैयाँ मूल्यवृद्धि गरेको थियो। सोही दिन ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्य वृद्धि भएको थियो।
पछिल्लो वृद्धिसँगै काठमाडौँ उपत्यकामा अब पेट्रोलको मूल्य ११४ रुपैयाँ, र डिजेलरमट्टितेलको मूल्य ९७ रूपैयाँ कायम गरिएको छ। मंगलबार राति १२ बजेदेखि वृद्धि भएको मूल्य लागू हुने निगमले जनाएको छ।
हवाइ इन्धनमा पनि २ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरिएको छ। हवाइ इन्धनको मूल्य अब ६७ रुपैयाँ प्रतिलिटर पुगेको छ। पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको एक साता नबित्दै नेपाल आयल निगम फेरि मूल्य बढाउनुपर्ने दबाबमा परेको हो । छ । नयाँ मूल्यसूचीअनुसार निगमले पाक्षिक रु एक अर्ब सात करोड घाटा व्यहोर्नुपर्ने प्रक्षेपण गरिएको छ । निगमले मङ्गलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको नयाँ मूल्य प्रतिलिटर रु ११४, डिजेल तथा मट्टितेलको रु ९७ र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर रु ६७ प्रतिलिटर तोकेको छ । बाह्य हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८६८ अमेरिकी डलर तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ४०० तोकिएको छ । करिब सात वर्षअघि यसरी नै मूल्य निरन्तररूपमा बढ्दै गएको थियो । नेपालमा २०७० फागुनमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्चतम विन्दुमा पुगेको थियो ।

प्रकाशित :२०७७ फाल्गुन ५, बुधबार १३:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry