नीति, कार्यक्रम तथा बजेटका विषय समेटिएको पुस्तिका सार्वजनिक

विराटनगर। विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेटसम्बन्धी विषयवस्तु समेटिएको पुस्तक सार्वजनिक गरेको छ।
Advertisement 1
पुस्तक सार्वजनिक गर्दै महानगरपालिका कावा अध्यक्ष मधुबाबु तिवारीले महानगरपालिकाभित्र सञ्चालित योजना र नीति तथा कार्यक्रम एवं बजेटमा समावेश विषयवस्तुबारे नगरवासीलाई जानकारी गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
पुस्तकमा समावेश भएका योजना र कार्यक्रमबारे आमजनतालाई सुसूचित तुल्याउने उद्देश्यले पुस्तक तयार गरी सार्वजनिक गरिएको महानगरपालिकाका– ११ का वडाध्यक्ष तीथेन्द्र न्यौपानेले बताए।
Advertisement 2
कूल रु ३ अर्ब ६८ करोड ४७ का योजना तथा कार्यक्रम समावेश भएको त्यस पुस्तकबाट योजना कार्यान्वयनबारे जानकारी लिन र कार्यान्वयन गर्न सहज हुने विश्वास लिइएको छ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले पुस्तकले जनप्रतिनिधिलाई जिम्मेवारी र दायित्वको बोध गराउने बताए।








