थप १५६ जनामा कोरोना संक्रमण पुष्टि, सबैभन्दा बढी वाग्मती प्रदेशमा

पछिल्लो २४ घण्टामा थप ११५६ जना कोरोना संक्रमित पहिचान भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार ४ हजार ४१६ जनाको पीसीआर परीक्षण गर्दा १५६ जनामा संक्रमण पुष्टि भएको हो।

Advertisement 1

प्रदेश १ मा ५ जना, वाग्मतीमा १०६ जना, गण्डकीमा २९ जना, लुम्बिनीमा ११ जना, कर्णालीमा दुईजना र सुदूरपश्चिममा ३ जनामा संक्रमण देखिएको छ। पछिल्लो केही समयदेखि वाग्मती प्रदेशमा संक्रमणको दर बढ्दै गएको छ। प्रदेश २ मा भने थप संक्रमण देखिएको छैन।

यस्तै, संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणका कारण ३ हजार २४ जनाको मृत्यु भइसकेको छ। काठमाडौं उपत्यकामा सबैभन्दा धेरै कोरोना संक्रमित फेला पर्नथालेपछि रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा कडाइ गरिने भएको छ। कोरोनाको उच्च जोखिम देखिएपछि शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदूरहरुबीच भएको छलफलमा कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रलाई कडाइ गर्ने निर्णय भएको हो।

प्रकाशित :२०७७ चैत्र १३, शुक्रबार १६:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry