राहत वितरण निरन्तर नर्स प्रतिमा

 

Advertisement 1

विगत लामो समय देखि स्वस्थ्य र शिक्षित सामाज निर्माण अभियानका अभियान्त नर्स प्रतिमा लामाद्वारा पुरानो स्याफ्रुबेशीरवाङबीका सम्पुर्ण घरदुरीमा राहत वितरण गरेकी छिन् । मिति २०७८ भाद्र १४ गतेका दिन राहत वितरण गरेका हुन ।

Advertisement 2

०७८ भाद्र १४ गतेका दिन गोसाईकुण्ड गाउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सिंगी दिण्डुप तमाङको र कोमिन श्यामेवाङफेल मा.वि. व्यवस्थापन समिति अध्यक्ष नुर्पु छिरिङ तमाङ तथा गाँउका लामा गुरू लामा निमा लामा र विस्थापित घरपरिवार सरोकार समितिका संयोजक भुज्यङ तमाङको उपस्थितमाराहत वितरण गरेकी हुन् ।

Advertisement 3

विस्थापित वाङबी बस्तिका सरोकार समिति संयोजक भुज्युङ तमाङ तथा सम्पुर्ण समितिको समन्वयमा बढ्दो जाडोलाई मध्यनजर गरि न्याँनो व्लाङकेट १/१ थान ३० केजी चामल १/१ बोरा सम्पूर्ण घरदुरीलाई मायाको चिनो स्वरूप राहत वितरण गरेको सामाजसेवी नर्स प्रतिमाले बताए ।

नर्स प्रतिमाले यी विस्थापित परिवारलाई सोही विस्थापित भए कै दिन अस्थायी बासस्थानमा सर्द बखत पनि भुइमा रहेको चिसोबाट बचाउन तत्काल म्याट्रीसको व्यवस्थापन गरेको जुन समुदायको लागि पहिलो राहत भएको सरोकार समिति संयोजकले बताए  । फेरि पनि न्यानो ब्लाङकेट र चामल वितरण गर्नु भएकोमा आभार प्रकट गर्दै आगामी दिनमा थप सहयोगको अपेक्षा सहित सम्पूर्ण गाउलेको तर्फबाट धन्यवाद भन्दै स्ट्यास लेखेकी छिन् ।

प्रकाशित :२०७८ भाद्र १५, मंगलवार ०८:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry