प्रभु बैंकद्वारा पहेंलो गुम्बाका विपद् प्रभावित परिवारलाई बङ्क बेड हस्तान्तरण

काठमाडौं। प्रभु बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (ऋक्च्) अन्तर्गत विपद्बाट प्रभावित परिवारका लागि आश्रयस्थलका रूपमा प्रयोग हुँदै आएको पहेंलो गुम्बालाई ६ थान दुई तल्ले बङ्क बेड हस्तान्तरण गरेको छ।
Advertisement 1
देशका विभिन्न क्षेत्रमा आएको प्राकृतिक प्रकोप तथा बाढीका कारण पहेंलो गुम्बामा आश्रित परिवारको तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै बैंकले काठमाडौंस्थित पहेंलो गुम्बालाई थप सहयोगस्वरूप बङ्क बेड उपलब्ध गराएको हो।
विपद्बाट प्रभावित परिवारहरूका लागि दुई तल्ले बङ्क बेड आवश्यक रहेको पहिचान भएपछि बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको जनाएको छ। यसबाट राहत तथा आश्रयस्थलमा बसोबास गरिरहेका प्रभावित परिवारलाई थप सहजता पुग्ने बैंकको विश्वास छ।
Advertisement 2
प्रभु बैंकले यसअघि पनि विनाशकारी बाढीका कारण प्रभावित तथा घरबारविहीन परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको थियो। बैंकका सञ्चालक तथा कर्मचारीहरूले स्वेच्छिक रूपमा संकलन गरेको करिब ४० लाख ८० हजार रुपैयाँ समेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको बैंकले जनाएको छ।
त्यस्तै, बाढी प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले बैंकले १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग जिल्ला प्रशासन कार्यालय नुवाकोटलाई हस्तान्तरण गरेको थियो।
Advertisement 3
विपद्बाट प्रभावित घाइतेहरूलाई सहयोग पु¥याउने उद्देश्यले प्रभु बैंकले देशका सातै प्रदेशमा देशव्यापी रक्तदान कार्यक्रमसमेत सञ्चालन गरेको जनाएको छ।
प्राकृतिक विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति बैंकले श्रद्धाञ्जली व्यक्त गर्दै सम्पर्कविहीन नागरिकको शीघ्र उद्धार तथा घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेको छ।
विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिक तथा समुदायको राहत, उद्धार र पुनःस्थापनाका प्रयासमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता पनि बैंकले जनाएको छ।








