दलित विद्यार्थीलाई कम्बल र न्याना लुगा वितरण

बैतडी। सशस्त्र प्रहरी बलले यहाँको विणेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत १८ जना दलित विद्यार्थीलाई जनही १ थान कम्बल र १० जना जेष्ठ नागरिकलाई न्याना लुगा वितरण गरेको छ।
Advertisement 1
यहाँस्थित सशस्त्र प्रहरी बलका गुल्मपति जङ्गबहादुर कुँवरले सशस्त्र प्रहरी बल स्थापना दिवसका सन्दर्भमा कम्बल र न्याना कपडा प्रदान गरिएको बताए। यसअघि सुर्नया गाउँपालिका–७ स्थित भुवनेश्वर माविका विद्यार्थीहरुलाई शैक्षिक सामग्री र पोशाक वितरण गरिएको थियो। आगामी माघ ९ गते सशस्त्र प्रहरी बल स्थापना दिवस विविध कार्यक्रमका साथ मनाइने उनले जानकारी दिए।
प्रकाशित :२०८२ पुष २२, मंगलवार १४:३९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%













