पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा। ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा यहाँस्थित जिल्ला प्रहरी कार्यालयमा आज रक्तदान कार्यक्रम आयोजना गरेको छ।

Advertisement 1

जिल्लामा हुने रगतको अभाव परिपूर्तिमा सहयोग पुर्‍यउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरेको हो। नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्ज र जिल्ला प्रहरी कार्यालय पर्साले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६७ युनिट रगत सङ्कलन भएको छ।

नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जका प्रमुख शान्तिराज कोइराला र जिल्ला प्रहरी कार्यालय प्रमुख सुदीपराज पाठकले रक्तदातालाई ‘ब्लड ब्याग’ हस्तान्तरण गरेर रक्तदान कार्यक्रम शुभारम्भ गरेका थिए।

Advertisement 2

‘‘प्रहरी दिवस विविध कार्यक्रम गरेर मनाउँदै आइरहेका छौँ,’’ पर्सा प्रहरी प्रमुख पाठकले भने, ‘‘बुधबार विभिन्न धार्मिकस्थलहरुमा सरसफाई ग¥यौँ। आज रक्तदान कार्यक्रम गरेका छौँ। भोलि प्रहरी दिवसको मुल कार्यक्रम गर्ने तयारी छ।’’

प्रकाशित :२०८२ आश्विन ३०, बिहीबार १३:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry