कर्मचारीलाई स्रोतसाधनको दुरुपयोग हुन नदिन मन्त्रीको ठाडो निर्देशन
कर्मचारीलाई स्रोतसाधनको दुरुपयोग हुन नदिन र मितव्ययी बन्न उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले ठाडो निर्देशन दिएका छन् । मन्त्री श्रेष्ठले समयको पालना गर्दै कार्यालयमा समयमै उपस्थित हुन कर्मचारीलाई निर्देशन दिएका हुन्।
Advertisement 1
आइतबार मन्त्रालय पुगेर शौचालय, विभिन्न शाखामा राखिएका प्रिन्टर र कम्प्युटरको अनुगमन गर्दै फोहोर र धुलो देखेपछि सफा गर्न निर्देशन समेत दिएका छन् । त्यस्तै मन्त्रालयका सचिव, विभिन्न महाशाखा प्रमुखहरूसँग मन्त्रालयको योजनाबारे जानकारी लिएको मन्त्री श्रेष्ठका स्वकीय सचिव पुरन केसीले बताए ।
कुनैपनि कर्मचारीले कार्यालय छोड्दा वा नआउँदा त्यसको रेकर्ड राख्नुपर्ने, कुनै पनि कामको फाइल कहाँ, कहिले कस्तो अवस्थामा छ रेकर्ड राख्ने र त्यसको काम हुनेरनहुने तुरुन्त निर्णय गर्न, गराउन मन्त्री श्रेष्ठले निर्देशन दिएका छन् ।
Advertisement 2