वैदेशिक रोजगार विभागबाट प्रदान गरिने सेवा पूर्णरूपमा प्रविधिमैत्री बनाउदैं

काठमाडौं।  वैदेशिक रोजगार विभागबाट वैदेशिक रोजगारमा जाने नेपालीहरुलाई संस्थागत तर्फ १११ देश खुल्ला गरिएकोमा १०३ देशमा र व्यक्तिगत तर्फबाट १८५ देश खुल्ला गरिएकोमा हाल १७४ वटा देशमा श्रम स्वीकृति लिई जान सक्ने व्यवस्था रहेको छ। जसमा चालु आर्थिक वर्षको असार १५ गते गरिएको सार्वजनिक तथ्याङ्क अनुसार जम्मा ७,७८,३७८ जनाले वैदेशिक श्रम स्वीकृति लिएको देखिन्छ। नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। यो संख्या वार्षिकरूपमा हालसम्मकै धेरै हो। गत आर्थिक वर्ष २०८०/०८१ मा ७ लाख ४१ हजार ३९७ जनाले श्रम स्वीकृति लिएका थिए भने आर्थिक वर्ष २०७९/०८० मा ७ लाख ७१ हजारले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए।

Advertisement 1

निर्देशक पौड्यालले नेपाल सरकारले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नारालाई मूर्त रूप दिन हाल वैदेशिक रोजगार विभागबाट प्रदान गरिने सेवा पूर्णरूपमा प्रविधिमैत्री बनाएर सकेसम्म छिटो सेवा प्रदान गरिएको बताए। वैदेशिक रोजगारमा जाने नेपालीहरुलाई संस्थागत तर्फ इजाजत प्राप्त संस्थाले पूर्व श्रम स्वीकृति को लागि अनलाइन एप्लाई गरिएकै दिन कार्यालय समय भित्रै पूर्व श्रम स्वीकृति दिन सकिएका सकिने व्यवस्था समेत सुरु गरिएको छ। विभागको आन्तरिक नियन्त्रण प्रणलीमा सुधार गरी कर्मचारीहरूलाई कार्यालय समयभित्र सोही दिनको कार्य पुरा गर्नुपर्ने प्रणालीको विकास गरिएका कारण सेवा प्रवाहमा सहज भएको हो। वैदेशिक रोजगार ठगी नियन्त्रण गर्न र छिटो छरितो राहत उद्धार एवम् गुनासो सम्बोधन गर्न  QRT-quick response team टोली निर्माण गरी टोली परिचालन गरिएको छ भने विभागलाई बिचौलिया निषेधित क्षेत्र घोषणा गरिएको छ।

विभागमा व्यक्तिगत ठगीका उजुरी अस्वभाविकरूपमा बढेका कारण विभागले श्रम स्वीकृतिको सेवा प्रवाहमा सुधार ल्याउन वैदेशिक रोजगारीको ठगीमा प्रहरीले नियन्त्रणमा लिएका थुनुवाहरुलाई वैदेशिक रोजगार न्यायाधिकरणमा लान र ल्याउन सवारी साधनको अभाव भएको अवस्थामा अर्थ मन्त्रालय सँग समन्वय गरी डेडिकेटेड सवारी साधनको व्यवस्था समेत गरेको छ। विभागको मुद्दा शाखालाई आधुनिक पूर्वाधारयुक्त बनाइ उजुरी गुनासो सम्बोधन गर्न सबै राजपत्रांकित अधिकृतहरूलाई अनुसन्धान अधिकृत तोकी मुद्दा फछ्र्यौट कार्यमा तीव्रता दिएको विभागको भनाइ छ।

Advertisement 2

विभागले इजरायल र ईपीएस कोरिया शाखाको कामको निरन्तर अनुगमन गरी नतिजा देखिने गरी कार्य सम्पादनमा जोड दिएको छ। विभागका महानिर्देशकमा कमलप्रसाद भट्टराईले महानिर्देशक नियुक्तिपश्चात बताएका थिए छिटो छरितो शैलीमा सेवा प्रवाह गरेर विभागलाई आधुनिक सरकारी कार्यालयको उदाहरण बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। उक्त बाचालाई उनले पुरा गर्ने पर्यत्न गरिरहेका छन्।

प्रकाशित :२०८२ असार १६, सोमबार ०९:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry