भाग्यमानीको भुतै कमारो
कर्मचारी नेता हरि रावललाई चुनौती दिने कोही मैदानमा नआउने वातावरण बनेपछि यस्तै उखानको चरितार्थ भएको छ । माओवादी कर्मचारीहरुको राष्ट्रिय निजामती कर्मचारी संगठनको अध्यक्ष पदमा दोश्रो कार्याकाल पुन निर्वाचित हुने भएका छन् । काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा यही १७ देखि १८ गतेसम्म चल्ने दुई दिने अधिवेशनमा रावललाई चुनौति नदिने बरु सर्वसहमत गर्ने किसिमको माहोल बन्दै गएको छ ।
एक जना केन्द्रीय सदस्यका अनुसार,पार्टी नेताहरुबाट नै हरिलाई नै पुन एक कार्यकाल दिनुपर्दछ भन्ने आशयका संवाद आएपछि उनको पक्षमा माहैल सृजना भएका कारण सबै जना उनकै पक्षमा लाग्नुपर्ने स्थिती बनेको हो ।
नेतृत्व गुपचुपमा सीमित हुँदैन । लोकतान्त्रिक,विधि र प्रक्रियाबाटै हुन्छ । महाअधिवेशन प्रतिनिधि साथीहरुबीचको एकता देखाउन आजको आवश्यक्ता रहेको एक जना केन्द्रीय सदस्यले सुनाए । संगठनलाई चुस्त,दुरुस्त राख्नु र अर्काेतिर हरिजीमा सक्रियता आइतबारदेखि शनिवारसम्मै हुनु उहाँको लागि उहाँको लागि पुन निर्वाचित हुने वातावरण बनेको छ ।
अध्यक्ष प्रचण्डले उद्घाटन गर्ने सो अधिवेशनमा देशभरबाट प्रतिनिधिहरुको सहभागी हुने र अधिवेशनलाई उत्सबको रुपमा मनाउने तयारी सो संगठनले गरेको छ ।