थपिए १९७ अधिकृत :-स्याङ्जा,गुल्मीबाट १६/१६ थपिँदा १७ जिल्ला ‘शून्य’

निजामती सेवामा खुला प्रतिस्पर्धाबाट छनोट गरिने निजामती सेवा राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) पदमा स्याङ्जा र गुल्मीकै वर्चश्व देखिएको छ ।

Advertisement 1

लोकसेवा आयोगले अस्ति आइतबार शाखा अधिकृतहरुको नतिजा सार्वजनिक गरेको हो । आयोगको विवरण खोतल्दा शाखा अधिकृतको परीक्षामा यस पटक पनि स्याङ्जा र गुल्मीले वर्चश्व कायम राखेको छ । यी दुई जिल्लाबाट १६/ १६ जना अधिकृत थपिएका छन् ।

आयोगले विज्ञापन नम्बर १६६९६- ०७८/ ७९,नेपाल प्रशासन सेवा,सामान्य प्रशासन,लेखा,राजश्व,नेपाल लेखापरीक्षण,सामान्य प्रशासन समूहको नतिजा सार्वजनिक गर्दा स्याङ्जा, गुल्मीबाट १६/१६ जनाले नाम निकाल्न सफल भएका हुन ।

Advertisement 2

आयोगका अनुसार माग यी सेवा समूहबाट परराष्ट्र सेवाबाट १,प्रशासन सेवा ८३,लेखा ८५,राजश्व २०,लेखापरीक्षण २४,संसद सेवा १ गरी २१४ अधिकृतका लागि माग भएकोमा १९७ मात्र सिफारिस भएका हुन ।

नतिजा अनुसार,निजामती सेवा तर्फको उर्वरभूमि मानिदै आएको स्याङ्जा,गुल्मीबाट १६/ १६ जना अधिकृत थपिएका छन् । मोरङ,दैलेखबाट ९/ ९ जना अधिकृत थपिएका छन् । यस्तै झापाबाट ७,कैलाली,पर्वत र रुपन्देहीबाट ६/ ६ जना थपिँदा सुर्खेत र रुकुम पश्चिम ५/ ५ जनाले अधिकृतमा नाम निकाल्न सफल भएका छन् ।

Advertisement 3

सर्लाही,अर्घाखाँची,काभ्रेपलाञ्चोक,धनुषा,काठमाडौं,गोरखा,कञ्चनपुर,सिरहा,दाङ,तनहुँ र पाल्पाबाट ४/ ४ जना अधिकृतको परीक्षामा उत्र्तीण भएका छन् ।यस्तै नतिजा केलाउँदा खोटाङ,कास्की,सिन्धुली,मकवानपुर,वारा,प्यूठान,दोलखा,बाँके,धादिङबाट ३/ ३ जना अधिकृत थपिएका छन् । २ जनाले अधिकृतको परीक्षा उत्र्तीण गर्न सफल भएका जिल्लाहरुमा धादिङ,बर्दिया,सुनसरी,रामेछाप,उदयपुर,पाँचथर,इलाम,ओखलढुंङ्गा,जाजरकोट,सप्तरी,पर्सा,धनकुटा र वैतडी रहेका छन् ।

नतिजा अनुसार ललितपुर,बाग्लुङ,महोत्तरी,नवलपरासी,कपिलबस्तु,सल्यान,रौतहट,बझाङ,भोजपुर,जुम्ला,डोटी,रोल्पा,चितवन,तेह्रथुम,लमजुङ,ताप्लेजुङ,नवलपरासी (पूर्व) र पश्चिमबाट १/ १ जना अधिकृत थपिएका छन् । बाँकी १७ जिल्लाबाट एक जना पनि उत्र्तीण नभएको देखिएको छ । लोकसेवामा रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, बाजुराबाट कुनै पनि उमेद्धार सिफारिस भएका छैनन् ।

16696-16702-2078-79_Sifaris_Suchana
प्रकाशित :२०८० आश्विन १२, शुक्रबार ०७:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry