कर्णालीका प्रमुख सचिवद्वारा आयोगको टोलीमाथि दुर्व्यवहार

राष्ट्रिय मानवअधिकार आयोगले नेपालगञ्जस्थित आयोगको कार्यालयबाट अनुगमनमा खटिएको टोलीमाथि कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव चन्द्रमान श्रेष्ठ तथा सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौड्यालबाट दुव्र्यवहार भएको जनाएको छ ।
वादी समुदायको अवस्था र सरकारको पहल सम्बन्धमा अध्ययनको लागि अनुगमनमा गएको राष्ट्रिय मानवअधिकार आयोगले नेपालगञ्जस्थित आयोगको टोलीलाई प्रमुख सचिवले दुर्व्यवहार गरेको भन्दै विभिन्न संघ संस्थाले विरोध समेत गरेका छन् ।

Advertisement 1

दैलेख, कालिकोट, जाजरकोट र सुर्खेतका वादी समुदाय ९ दिन देखि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका वादी समुदायले उठाएका मागका सम्बन्धमा छलफल गर्न ०७७ फागुन १८ गते आयोगको नेतृत्वमा गैर सरकारी संस्थाका प्रतिनिधि सहितको टोलि मुख्यमन्त्री कार्यालय पुगेको थियो ।
त्यहाँ पुगेको टोलीमाथि कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव श्रेष्ठ तथा सामाजिक विकास मन्त्रालयका सचिव पौड्यालबाट दुव्र्यवहार भएको जनाएको हो ।
त्यहाँ पुगेको टोलीसँग आफूले कुरा नगर्ने भन्दै टोलीलाई उठेर जानमात्र भनिएन् प्रमुख सचिव श्रेष्ठले ‘तपाईँहरुले मागेको जानकारी दिन आवश्यक छैन, हामीले जानकारी दिन तपाईँहरु आयुक्त हो र रु’ भनी आयोगको टोलीमाथि दुव्र्यवहार गरेको र प्रहरी सहायक निरीक्षक नरेन्द्र विसीलाई आदेश दिई कार्यकक्षबाट बाहिर निकाल्ने निर्देशन दिइएको आयोगले जनाएको छ ।

‘हामीले मुख्यमन्त्रीसँग समय लिएर गएका थियौं, उहाँको समय नमिलेपछि मुख्य सचिवसंग वस्तुस्थिती बुझौं भनेर गएका थियौं उहाँले दुर्व्यवहार गर्नुभयो’ राष्ट्रिय मानवअधिकार आयोग नेपालगञ्जका प्रमुख झंकर रावलले भन्नुभयो ।

Advertisement 2

प्रमुख रावलले आफूहरूको छलफलकै क्रममा पुगेका सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौडेलले समेत जतिबेला पायो त्यतिबेला आयोगका कर्मचारीले छड्के हान्न नमिल्ने भन्दै प्रमुख सचिवलाई साथ दिने नाममा परिस्थीतिलाई भड्काएको उहाँको भनाई छ ।

टोलिमा आयोग नेपालगञ्ज कार्यालयका प्रमुख रावल, आयोगका अधिकृत दीपक थापा र दयाराम पाठक, इन्सेक संयोजक सुवेदी, फियानका क्षेत्रीय संयोजक तथा मानव अधिकार एलायन्सका केन्द्रीय उपाध्यक्ष सुरेशकुमार गौतम, राष्ट्रिय दलित गैर सरकारी संस्था महासङ्घका राष्ट्रिय महासचिव जेबि विश्वकर्मा र उपमहासचिव सन्जु सिंह विश्वकर्मा सहभागी थिए ।

प्रकाशित :२०७७ फाल्गुन २१, शुक्रबार १९:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry