४ सिडिओ फेरिदा २ सहसचिव मन्त्रालय तानिए

काठमाडौं। धनुषाको प्रमुख जिल्ला अधिकारीबाट फिर्ता भएका सहसचिव रामुराज कडरिया झन्डै साढे १४ महिना सिडिओ चलाएर गृह मन्त्रालय सारिएको छ। धनुषाको सिडिओमा भने झन्डै साढे २ महिनादेखि मन्त्रालयमा रहेका शंकरहरि आचार्य पठाइएको होे।
Advertisement 1
कास्कीमा सिडिओ भएर गएकीे रूद्रादेवी शर्माले रामेछाप, काभ्रेपलाञ्चोक, भक्तपुर बर्दियालगायतका जिल्लाको सिडिओ भएर काम गरिसकेकी छिन्। कास्कीको सिडिओबाट गृह मन्त्रालय आएका सहसचिव भरतमणि पाण्डे पनि मकवानपुर, चितवन, रुपन्देहीको सिडिओ भइसकेका छन्। पाण्डे कास्कीको सिडिओ भएर गएको १ वर्ष पूरा भएपछि गृह मन्त्रालय फिर्ता आएका हुन्।
बर्दियाको सिडिओमा भने ३ महिनादेखि गृह मन्त्रालयमा रहेका’ सुरेन्द्र पौडेललाई पठाइएको छ। बर्दियाको प्रमुख जिल्ला अधिकारी रहेकी शर्मा कास्कीको सिडिओ भएर आएकी हुन्। शर्मा र पाण्डे २०८१ जेठ १६ गते एकैदिन बर्दिया र कास्कीको सिडिओ भएर गएका थिए।
Advertisement 2
विष्णुप्रसाद कोइराला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन, कार्यालय आएपछि रिक्त रहेको पाँचथरको प्रमुख जिल्ला अधिकारीमा अरूण पोखरेललाई पठाइएको छ। नवलपरासी (पूर्व)बाट साढे २ महिना अगाडि गृह मन्त्रालयको जगेडामा रहेका पोखरेल पाँचथरका सिडिओ भएका छन् ।