नर्स प्रतिमाद्वारा धुन्चेमा स्वास्थ्य शिविर संचालन

सामाजिक अभियनता नर्स प्रतिमा द्वारा रसुवा जिल्ला गोसाइकुण्ड गाउपालिका वडा नम्बार ६ स्थित साप्चे र नाकुङ अर्थात साविक धुन्चे ९ मा मिति २०७८/१०/१ गते शनिबारका स्वास्थ्य शिविर संचालन गरिन । गाउका जेष्ठ नागिकहरूको उल्लेख्य सहभागी भएको थियो । नर्स प्रतिमाले स्वास्थ्य चेकजाँच गरेर अवश्यक औँषधीहरू पनि वितरण गरेको थियो साथै कार्यक्रममा नर्स प्रतिमाले गाउका ६० बर्ष नागेका ३५ जना बृद्धबृद्धाहरू, एकल महिला, एकल पुरूष र अपांगहरूलाई न्यानो ज्याकेट पनि गरेको थियो । गाँउका बृद्धहरू स्वास्थ्य चेक जँच तथा उचारको लागि अस्पताल जान असहज भएको हुदाँ गाउँ मै एक दिने शिविर संचालन गरी बृद्धहरूको साधारण स्वस्थ्य चेक जाँच गरि आवश्यक औँषधी पनि वितरण गरेका थिए ।
Advertisement 1
स्वास्थ्य चेक जाँच कार्यक्रममा नर्स प्रतिमा सँगै गोसाइकुण्ड गाउपालिका स्वास्थ्य विभाग प्रमुख विमल घिमिरे, स्याफ्रुबेशी स्वस्थ्य चौकी स्वास्थ्यकर्मी सुस्मिता पाण्डे , श्री रसुवा मा.वि धुन्चेका विद्यालय नर्स सपना तमाङको पनि सहभागी थियो । पुष र माघ १ महिनाको ठान्डी जाडोबाट त्यहाका बृद्धबृद्धाहरूलाई जोगाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको आयोजक नर्स प्रतिमाले बताईन भने कार्यक्रममा बृद्धहरूलाई न्यानो ज्याकेटका साथै आवश्यक औँषधीहरू जस्तो बृद्धहरूलाई तागतको लागि मल्टी भिटामिनहरू वितरण गरी बृद्धहरूको लागि उदाहरणीय कार्य गरेका भनी स्थानियाहरूले खादा लगाइ प्रशंसा गरी धन्यवाद दिनु भयो ।
सामाजिक अभियानता नर्स प्रतिमाले विगत ३/४ बर्ष यता आफ्नो पढाइ सके देखि रसुवाको टिमुरेबाट सुरू गरेको स्वस्थ र शिक्षित सामाज निर्माण अभियान रसुवाको पाँचै गाउपालिकाका विभिन्न गाउहरूमा कार्यक्रम संचालन गरिसकेको छन । बिएसी पढेका नर्स प्रतिमा आफ्नो पढाइ सकेर गाउँ गाउमा यसरी सामाजिक अभियान चलाउने एक उदाहरणीय प्रतिमा युवा रहेको कार्यक्रमका प्रमुख अतिथि तथा संविधान सभा सदस्य छोवाङ तेन्जिनले बताउनुभयो । कार्यक्रममा गोसाईकुण्ड गाउपालिका प्रमुख कैसाङ नुर्पु तमाङ,र वडा अध्यक्ष दावा सिदार वाइबा जिल्ला समन्वय समिति सदस्य जि।एल।घले लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।