काठ चोरीको आरोपमा सामुदायिक वनका सचिव पक्राउ

कैलालीमा काठ चोरीको आरोपमा सामुदायिक वनका सचिव पक्राउ परेका छन्। धनगढी उपममहानगरपालिका वडा नम्बर १५ उर्माको शिव दर्शन एकता सामुदायिक वनका उचिव गया प्रसाद राना काठ चोरीको आरोपमा पक्राउ परेका हुन्।
Advertisement 1
डिभिजन वन कार्यालय, धनगढीका प्रमुख रामचन्द्र कडेलका अनुसार काठको गोलिया चोरी आरोपमा उनी मंसिर ४ गते पक्राउ परेका हुन्। उनले मंसिर ४ गते फूलबारी सव डिभिजनका कर्मचारीले रानालाई घरमा लुकाई छिपाई राखेको अवस्थामा १४ फिट लम्बाइको सालको गोलियासहित पक्राउ गरेको हो। उनी विरुद्ध मुद्दासमेत दर्ता गरिएको कडेलले बताएका छन्।
प्रकाशित :२०८० मंसिर ८, शुक्रबार १९:४७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%












