वाणिज्य विभागमा फेरि कुमार दाहाल, राजन पौडेल सामान्यको अतिरिक्त समूहमा

काठमाडौं। सरकारले ७८ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ७८ जनाको सरुवा गर्ने निर्णय गरेको हो। यसअघि ८० जनाको सरुवा गर्ने निर्णय गरिए पनि विधिध कारणले २ जनालाई यथावत राखिएको बताइएको छ।

Advertisement 1

सरुवा सूची अनुसार वाणिज्य विभागका महानिर्देशक राजन पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ।

पौडेललाई उक्त मन्त्रालयको अतिरिक्त समूहमा राखेर उनको ठाउँमा कुमार दाहाललाई लगिएको छ। दाहाल तत्कालीन आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको महानिर्देशक पनि भइसकेका कुशल प्रशासक हुन्।

Advertisement 2

पछि आपूर्ति विभाग वाणिज्यसँगै मर्ज भएर एउटै भएपछि दाहाल पहिलो पटक उक्त विभागको महानिर्देशकमा सरुवा भएका हुन्।

हेर्नुहोस् सरुवा सूचीः

Advertisement 3

[embeddoc url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2025/02/सहसचिव-सरुवा-2081-11-12.pdf”]

प्रकाशित :२०८१ फाल्गुन १६, शुक्रबार ११:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम