गृहका महाशाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर :-प्रवक्तामा पुन: पोखरेल

गृह मन्त्रालयले केही महाशाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेको छ । यस अघि प्रवक्ताको भूमिकामा रहेका प्रदीपकुमार कोइरालालाई विपत व्यवस्थापन महाशाखामा पठाइएको छ । कोइरालाले करिब एक महिना मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा निर्वाह गरेका थिए । सो विभागको प्रमुख हुमकला पाण्डेलाई काभ्रे जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएपछि अहिले कोइराला यस अघि हुमकलाले सम्हालेको विभाग सम्हाल्न पुगेका छन् ।
यस्तै यस अघि प्रवक्ताको भूमिकामा रहेका फणिन्द्रमणि पोखरेललाई प्रशासन महाशाखासहित प्रवक्ताको जिम्मेवारी दिइएको छ । यस अघि पोखरेल शान्ति सुरक्षा समन्वय महाशाखाको प्रमुख थिए । अहिले भने प्रशासन महाशाखाको जिम्मेवारी दिइएको छ । अहिले शान्ति सुरक्षा समन्वय महाशाखाको प्रमुखको जिमेवारी मुकन्द निरौलालाई दिइएको छ ।
सहसचिव डा भीष्मकुमार भु्षाललाई नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा र अर्काे सह सचिव कोमल बहादुर खत्रीलाई कानुन महाशाखाको जिम्मेवारी दिइएको छ ।

प्रकाशित :२०७८ माघ ५, बुधबार १०:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry