विद्यालय बन्द गर्ने सरकारको प्रस्तावमा प्याब्सनको आपत्ति

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले शैक्षिक संस्था तीन हप्ताका लागि बन्द गर्ने प्रस्ताबप्रति निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आपत्ति जनाएको छ।
शनिवार सरकारले उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा सिंहदरवारमा बसेको बैठकले संक्रमण बढी भएका स्थानहरुका विद्यालय तथा कलेजहरु कम्तिमा ३ सातासम्म बन्द गर्ने प्रस्ताव गरेको थियो सो प्रस्तावप्रति आपत्ति जनाएको छ । प्याब्सनले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै स्वास्थ्य मन्त्रालयले प्रमुख सहरहरुमा विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्न सिफारिस गरेकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

Advertisement 1

प्याब्सनका अध्यक्ष टिकाराम पुरी र महासचिव कुमार घिमिरेद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गरी विद्यालय सञ्चालन गर्नुपर्ने जनाएको छ। उसले संक्रमण बढेर विद्यालय बन्द गर्नुपर्ने अवस्था आए सम्बन्धित विद्यालय वा पालिकामा मात्र केही निश्चित समय विद्यालय बन्द गरेपनि अन्य ठाँउमा स्वास्थ्य मापदण्डसहित विद्यालय सञ्चालन गर्नुपर्ने माग समेत राखेको छ। ‘आवश्यकताअनुसार शैक्षिक संस्थाहरुमा तातो पानी, स्वास्थ्यकर्मी, सेनिटाइजर, आइसोलेसन कक्ष, भौतिक दूरीको व्यवस्थापन गरी सम्बन्धित निकायको सहयोग र समन्वयमा काम गर्नु उपयुक्त हुन्छ’, विज्ञप्तिमा भनिएको छ

Advertisement 2

त्यस्तै प्याब्सनले विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई खोपको व्यवस्था गर्न समेत माग गरेको छ।

 

प्रकाशित :२०७७ चैत्र २९, आईतवार १५:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry