कर्मचारीको कोटा खोसेर मन्त्रीका पिए विदेश भ्रमण लैजाने विकृती रोक्न सतर्कताको परिपत्र

 

Advertisement 1

राष्ट्रिय सतर्कता केन्द्रले प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीका स्वकीय सचिव र सल्लाहकारहरुलाई नियम विपरीत विदेश भ्रमणमा रोक लगाएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रले सल्लाहकारदेखि स्वकीय सचिवहरूलाई विदेश भ्रमण नगराउन भन्दै सिंहदरबारका सबै मन्त्रालय र सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई परिपत्र गरेको हो ।

Advertisement 2

कर्मचारी तथा अन्य सरकारी पदाधिकारीका लागि आएको भ्रमण कोटामा उनीहरु विदेश भ्रमणमा जाने विकृती बढेसँगै सबै मनत्रलय,सातै प्रदेश सरकारलाई यस्तो विकृती रोक्न परिपत्र गरेको हो ।

सतर्कता केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माका अनुसार २०७२ मा जारी भएको नेपाल सरकारका अतिविशिष्ट तथा विशिष्ट श्रेणीका पदाधिकारीले गर्ने विदेश भ्रमणसम्बन्धी निर्देशिकाअनुरुप मात्रै मन्त्रीका स्वकीय सचिव र सल्लाहकारलाई विदेश भ्रमणमा लैजाने व्यवस्था गर्न भन्दै प्रधानमन्त्री कार्यालय, संघीय मन्त्रालयहरु र सातवटै प्रदशेका मुख्यमन्त्रीको कार्यालयलाई निर्देशन दिइएको हो ।

Advertisement 3

मन्त्रीहरुले कर्मचारीको कोटामै आफ्ना स्वकीय सचिवालयका कर्मचारी लैजान थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २०८० मंसिर २० मा उजुरी दर्ता भएको थियो । अख्तियारले २०८० मंसिर २८ गते अख्तियारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्र पठाएको थियो । सोही पत्रमा टेकेर सतर्कता केन्द्रले यस्तो परिपत्र गरेको हो ।

प्रकाशित :२०८० पुष २७, शुक्रबार १८:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry