सामान्यबाट सचिव अर्याल १३ महिनामै आउट,दुई बर्षपछि अधिकारीको इन्ट्री

सरकारले विशिष्ट श्रेणीका सचिवहरुको सरुवा गरेको छ । आज १० जना सचिवको सरुवा गरिएको हो । आज गरिएको सरुवामा पूर्वगृहसचिव महेश्वर न्यौपानेलाई पर्यटन मन्त्रालयमा सरुवा गरिएको छ । पर्यटन मन्त्रालयका यादव कोइरालालाई शिक्षा मन्त्रालयमा लगिएको छ ।

Advertisement 1

त्यसैगरि संघीय मामिला मन्त्रालयमा निर्वाचन आयोगका सचिव सुरेश अधिकारीलाई सरुवा गरिएको छ । संघीय मामिला मन्त्रालयका सचिव एकनारायण अर्याललाई भने श्रम मन्त्रालयमा पुर्याइएको छ । अर्याललाई गत बर्ष कार्तिक २ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ल्याइएको थियो । अर्याल त्यसअघि काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए । यस अघि दिनेश थपलिया सामान्य प्रशासनका सचिव हुँदा सोही मन्त्रालयका सहसचिव चलाएका सुरेश अधिकारीले केही समय सोही मन्त्रालयको निमित्त सचिव चलाएका थिए । एक नम्बर प्रदेशको प्रमुख सचिव,अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदै निर्वाचन आयोगमा पुगेका अधिकारी झण्डै दुई बर्ष पछि सामान्य प्रशासनमै फर्किएका छन् ।

अर्का सचिव मणिराम गेलाललाई शहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ । शहरी विकासका सचिव रमेश सिंहलाई त्यहाँबाट हटाइएको छ ।

Advertisement 2

अर्का सचिव सूर्य गौतमलाइ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ । यस्तै शिक्षा सचिव रामप्रसाद थपलिया पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुर्याइएको छ ।
प्रधानमन्त्री कार्यालयका सचिव भरतमणि सुवेदीलाई वित्त आयोगमा पठाइएको छ भने वित्त आयोगमा कार्यरत सचिव गोकर्णमणि दुवाडीलाई निर्वाचन आयोगमा पठाइएको छ ।

प्रकाशित :२०७८ मंसिर १३, सोमबार २१:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry