घट्यो सरकारी कर्मचारीको खाजा समय

काठमाडौं। सरकारी कर्मचारीको खाजा खाने समय घटाइएको छ। सबै सरकारी कर्मचारीको दिउँसोको खाना खाने समय घटाइएको हो।
Advertisement 1
यसअघि दिउँसो १ बजेदेखि २ बजेसम्म रहेको खाजा खाने समय अब साढे १ बजेदेखि २ बजेसम्म कायम गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी गराएका छन्। सरकारी कार्यालयमा खाजा खाने नाममा कर्मचारी घण्टौंसम्म बाहिर बस्ने र सेवाग्राहीको काम रोकिएको गुनासो आएपछि उक्त व्यवस्था गरिएको प्रधानमन्त्री ओलीले फेसबुकमा उल्लेख गरेका छन्।
Advertisement 2
कर्मचारीले उक्त समय पालना नगरेमा हेल्लो सरकारमा उजुरी गर्न सकिने उनले उल्लेख गरेका छन्।
प्रकाशित :२०८१ भाद्र २४, सोमबार ११:१३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%