यस्तो छ सामान्य प्रशासन मन्त्रालयको कमाण्डर मन्त्री गणेश पहाडीको पृष्ठभूमि
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो क्याविनेट १८ औं पटक बिस्तार गर्नुभएको छ । ०७५ फागुन ३ मा प्रधानमन्त्री बन्नुभएका ओलीले यस अघि गत शुक्रवार जपसाका ८ मन्त्री,२ राज्यमन्त्री र नेकपा एमालेबाट २ मन्त्री थपेर क्याविनेट बिस्तार गर्नुभएको थियो । आज ८ मन्त्री थपेर ओलीले आफ्नो क्याविनेटलाई पूर्णता दिनु भएको छ ।
२५ सदस्यीय क्याविनेटमा प्रधानमन्त्री ओलीले अहिलेसम्म ६७ जनालाई मन्त्री बनाइसक्नुभएको छ । बिहिबार बिस्तारित मन्त्रिमण्डलमा उद्योग, वाणिज्य तथा आपूर्ति , कृषि तथा पशुपंक्षी विकास, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नयाँ नियुक्त भएका हुन् ।
गृह मन्त्रालय पोखराका खगराज अधिकारीलाई नियुक्त हुँदैछन् भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा जनता समाजवादी पार्टीका राजकिशोर यादव बन्नेछन् । यस्तै सञ्चारमा नैनकला थापालाई नियुक्ति गर्नै तयारी छ । उनी पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी श्रीमती हुन्। वनमा नारदमनि राना, कृषि ज्वालाकुमारी शाह, सामान्य प्रशासनमा गणेश पहाडी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहने गरी मोहन बाँनिया, र आशा विक वनराज्यमन्त्रीमा नियुक्त हुन लागेका हुन् ।
यसरी विस्तार हुन लागेको ८ जना सदस्यमध्ये एमालेबाट पूर्वमाओवादीसहित ७ जना पर्दा माधव नेपाल समूहका एकजना गणेश पहाडी समेटिनुभएको हो । उहाँलाई सामान्य प्रशासन मन्त्री बनाइएको छ ।पहाडी केही साता अघिमात्रै खनाल नेपाल समुह छाडेर ओली समुहमा लाग्नुभएको थियो । सिन्धुलीबाट दुईपटक निर्वाचित भएका सांसद उहाँ २०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पहाडी सिन्धुलीबाट प्रत्यक्ष निर्वाचित हुनुभएको हो ।
ओलीकै तीन बर्ष कार्यकालमा पहाडीसमेत गरि चार जना समान्य प्रशासन मन्त्री फेरिएका छन् । पहिलो पटक क्याविनेट बिस्तार गर्दा लालबाबु पण्डितलाई सामान्य प्रशासन मन्त्री बनाइएको थियो । लालबाबुलाई हटाएर पछि हृदयेश त्रिपाठीलाई सामान्यमा स्वास्थ्यमा लगिएको थियो । त्यस पछि मन्त्री बनेका गणेश ठगुन्नालाई हटाइए पछि सो ठाउँमा गणेश पहाडीलाई ल्याउन लागिएको हो ।
Advertisement 1
साढे दुई दशक पहिले निर्विरोध गाविस अध्यक्ष निर्वाचित हुनुभएका गणेशकुमार पहाडी आज सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रुपमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विस्तार गर्नुभएको मन्त्रिपरिषद्मा उहाँले सो मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो ।
Advertisement 2
नवनियुक्त मन्त्री पहाडी विसं २०७४ को निर्वाचनमा सिन्धुली–१ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । नेकपा एमालेको नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित उहाँ दोस्रो संविधानसभाको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।
त्यसअघि उहाँ विसं २०५४ मा खाङसाङ गाविसमा अध्यक्षका रुपमा निर्विरोध निर्वाचित हुनुभएको थियो । पार्टीमा उहाँ विसं। २०६७ मा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुनुभएको थियो । विसं ०३९ मा अनेरास्ववियु एकता (पाँचौँ) बाट राजनीति शुरु गर्नुभएका उहाँ विसं।०४८ मा नेकपा एमालेको सिन्धुली काठमाडौँ सम्पर्क मञ्चको संयोजक समेत हुनुभयो ।
Advertisement 3
विसं २०६५ मा जिल्ला कमिटी सचिव र विसं २०६६ मा जिल्ला संयोजक हनुभएको थियो । स्नातकोत्तरसम्मको अध्ययन पूरा गर्नुभएका उहाँ दुवै पटक सांसद् हुँदा प्रतिनिधिसभाको विकास समितिका सदस्य हुनुभएको थियो । यसअघि गत पुसमा प्रधानमन्त्री ओलीले गर्नुभएको मन्त्रिपरिषद् विस्तारमा गणेशसिंह ठगुन्नाले सो मन्त्रालयको जिम्मेवारी पाउनुभएको थियो । ठगुन्ना हट्नुभए पछि संघीय मामिला तथा सामान्यप्रशासन मन्त्रालयको जिम्मेवारी पहाडीले पाउनुभएको हो ।