नेपाल प्रहरीमा ९६ निरीक्षक र २ सय ६० सहायक निरीक्षकको माग

काठमाडौं । नेपाल प्रहरीले ९६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) र २ सय ६० जना सहायक प्रहरी निरीक्षक (सवइन्स्पेक्टर) पदमा नयाँ भर्नाका लागि दरखास्त आव्हान गरेको छ।
Advertisement 1
जनपद प्रहरी समूहतर्फ रिक्त निरीक्षक र सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको नेपाल प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा ७ वटै प्रदेश प्रहरी कार्यालयहरूमध्ये एक छनौट गरी फारम भर्न सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
साथै प्रहरी सहायक निरीक्षक पदमा दरखास्त दिन काठमाडौं उपत्यका प्रहरी शिक्षालय महाराजगंज काठमाडौं तथा ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायलमा उम्मेदवार स्वयम् उपस्थित भई दरखास्त फारम संकलन तथा दर्ता गर्न सकिने छ ।
Advertisement 2
नयाँ भर्ना हुन इच्छुक नागरिकहरुले कात्तिक १९ गतेदेखि मंसिर २९ गतेसम्म प्रहरी निरीक्षकको हकमा अनलाइन प्रणालीमार्फत र प्रहरी सहायक निरीक्षकको हकमा सम्बन्धित कार्यालयहरूमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्ने जानकारी दिईएको छ ।
दरखास्त आव्हान सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको नेपाल प्रहरीले जनाएको छ ।