नतिजामुखी कम र प्रक्रियामुखी बढी हुँदा सेवा प्रवाह प्रभावकारी हुन सकेन

निजामती कर्मचारीको उत्सब हो भदौं २२ । सरकारले सो दिनलाई निजामती सेवा दिवसको रुपमा मनाउँदै आएको छ । निजामती सेवामा अहिले झण्डै ८० हजार कर्मचारी निजामती सेवामा कार्यरत छन् । कर्मचारीहरुमा आफ्नो सेवाप्रति गुनासो व्याप्त छ,कार्यसम्पादन मुल्यांकन सही तरिकाले भएन,सरुवा बढूवामा समस्या भयो । पुरस्कार पारदर्शी भएन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यो दिवसलाई कसरी मनाउँदैछ त ? अनि कासमु,पुरस्कार,दण्ड र सजाय,सरुवा,बढुवालाई वैज्ञानिक बनाउने मन्त्रालयसँग केही तयारी छ त ? यही सेरोफेरोमा हाम्रा सहकर्मी महेश्वर गजुरेलले मन्त्रालयका सचिव एकनारायण अर्यालसँग केही सबाल गरेका छन् :-
 सरकारले २२ भदौंमा निजामती सेवा दिवस मनाउँदै आएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यो दिवस कसरी मनाउने योजना बनाएको छ ?
०६१ सालदेखि २२ भदौंलाई निजामती सेवा दिवसका रूपमा मनाउन थालिएको हो । ८० हजार निजामतीमध्येबाट सर्वाेत्कृृष्ट,उत्कृष्ट ठहरिएका कर्मचारीलाई पुरस्कृत गर्ने, सेवा निवृत्त भएका कर्मचारीलाई सम्मान गर्ने, कर्मचारीलाई उत्साहित र प्रेरित गर्ने कार्यक्रम सञ्चालन हुँदै आएको थियो,बिगतमा । यो बर्ष कोभिड १९ को दोश्रो लहरलाई मध्यनजर गर्दै निजामती दिवस मनाउने तयारी छ । सो अवसरमा हाजिरीजवाफ, बृक्षारोपण, कर्मचारीलाई पुरस्कृत गर्ने कार्यक्रम छन् । वृक्षारोपका लागि मुख्य सचिवको अध्यक्षतामा प्रधानमन्त्री कार्यालयको सचिव र वन सचिवसहितको टिम बनेको छ । जहाँ सेना,प्रहरीलाई समावेश गर्ने,केन्द्र,प्रदेश र स्थानीयतहसम्म यस्लाई अभियानको रुपमा अगाडि बढाउने । लक्ष्य छ,यही बर्ष कम्तिमा ५० लाखदेखि १ करोडसम्म विरुवा रोप्ने ।
निजामती सेवामा लाग्नु भएको ३२ बर्ष भयो । यो सेवा भित्रका राम्रा र नराम्रा पक्षहरु के के देख्नुहुन्छ ?
सरकारी राज्यकोषबाट तलब सुविधा पाउने, विशिष्ट ज्ञान, सीप भएका, स्थायी प्रकृतिका कर्मचारीको पेशागत समूह निजामती सेवा हो । निजामती सेवाको मुलभूत उदेश्य सरकारका नीति तथा कार्यक्रम जनतासमक्ष पु¥याई देश र जनताको सेवा गर्ने हो । निजामती सेवा राजनीतिप्रति तटस्थ र सरकारका नीति तथा कार्यक्रमप्रति प्रतिबद्ध रहन्छ ।
कर्मचारीको छनोट योग्यताका आधारमा स्वतन्त्र निकाय लोकसेवाले गर्दछ । सचिवको पाँच वर्ष र मुख्यसचिवको तीन वर्ष सेवा अवधि निश्चित गरिएको छ । यस्तै सेवा,सुरक्षाको कानुनी प्रत्याभुती,बृत्तिविकासदेखि नियुक्ति तथा पदस्थापन, सरुवा, बढुवालगायतका पक्ष कानुनद्वारा निश्चित गरिएको । यो सेवालाई राजनीतिबाट अलग एवम् तटस्थ राखिएको, संघ, प्रदेश, स्थानीय तहहुँदै वडा तहसम्म संस्थागत संरचना रहेको छ । यो निजामती सेवाको राम्रो पाटो भयो । यस्तै एक सिक्काका दुई पाटा भनेझैं निजामती सेवाभित्र केही नराम्रा पक्षहरु छन् । जस्तो प्रतिष्पर्धाबाट छनोट भएका क्षमतावानहरु भए पनि नतिजा दिन सकेन, राजनीतिक दलपिच्छे ट्रेड युनियन स्थापना हुनुले राजनीतिक रूपमा तटस्थता कायम गर्न सकेन । नागरिकभन्दा हाकिमप्रति जवाफदेहिताको अवस्थाले स्वच्छता, पारदर्शिता, आचरण एवम् अनुशासनमा कमजोर हुँदै गयो जुन कारणले नागरिकको विश्वास आर्जन गर्न सकेन । नतिजामुखी कम र प्रक्रियामुखी हुँदा सेवा प्रवाह प्रभावकारी हुन सकेन । यस्तै समयमै निर्णय गर्न नसक्दा कर्मचारीको सरुवा, बढुवाजस्ता पक्ष सदैव विवादमा पर्दै आयो । यी निजामती सेवाभित्रका नकरात्मक पक्ष भए ।
निजामती सेवाको गौरव बढाउनको लागि सम्पूर्ण कर्मचारी व्यवसायिक भई आफ्नो सीप वा कौशल देखाउनु जरुरी छ । राजनीतिक तहबाट भएको नीति, कार्यक्रमलाई बिना हिचकिचाहट सेवा गर्ने मौका दिनु पर्दछ । बहाल रहेका असी हजार कर्मचारीलाई एउटै डालोमा राखेर मुल्याङ्कन गर्ने प्रवृत्तिले निजामती सेवा आलोचनात्मक भएको हो । निजामती सेवाभित्रका राम्रा,सक्षम व्यक्तिहरु पनि छन् । उहाँहरुको कदर गर्नुपर्दछ । ह्यारेसमेन्ट गर्ने प्रबृत्तिलाई हटाउनु आवश्यक छ । चाहे कोभिडकै माहामारी होस वा शसस्त्र द्धन्द्धको समयमा गाविसका सचिवहरु झोलामा छाप र प्याड बोकेर नागरिकता प्रदान गरेको विगत वा इतिहास पनि छ ।

Advertisement 1

निजामती पुरस्कार,तक्मा सिंहदरबार,शक्तिकेन्द्रसँग नजिकले मात्र पाए भन्ने गुनासो छ । दुर्गममा जनताका सेवामा काम गर्ने कर्मचारीहरुको यो आरोपलाई कसरी सम्बोधन गर्ने ?
बिगतमा यस प्रकारको आलोचना भएका हुन । लाखौं कर्मचारीको भीडबाट छनौंट हुने बिषय हो यो,सबै कर्मचारीहरुले एकै पटक पाउन सम्भव हुँदैन् । सोही कारण पुरस्कार वा तक्म नपाउनेले आलोचना गर्ने र पाउने खुसी हुने कुरालाई स्वभाविकै रुपमा लिनुपर्दछ । छनौंट गर्दा केही सुधार भने अवश्य गर्नुपर्दछ । समान्य प्रशासन मन्त्रालयले १५ दिने सुचना सार्वजनिक गर्दछ । यदी कर्मचारीलाई आफू पुरस्कारका लागि योग्य छु भन्ने लाग्दछ भने उस्ले सम्बन्धित कार्यलयमा दाबी गर्नुपर्दछ । उहाँहरुको क्षमताको आधारमा सिफारिस हुन्छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समन्वय मात्र गर्ने हो । कर्मचारीले के कस्ता काम गरे ? सुधारका काम के कति गरे ? यही आधारमा पुरस्कार प्रदान गर्दा सञ्चारमाध्यम तथा अन्य निकायले समेत प्रश्न उठाउने ठाँउ रहदैन् । निजामती पुरस्कृत पाउनका लागि कर्मचारी इमान्दार हुनुपर्यो,उस्को कार्यसम्पादन इमान्दार ढंगले गरेको हुनुपर्यो, अनुशासितका साथैं सेवा प्रवाहमा तल्लीन,राष्ट्रको सेवा प्रती दत्तचित्त भएर लागेको हुनु पर्यो । हाकिमको निकट, आफन्त वा चाकडीकै भरमा पुरस्कार दिन थालियो भने काम गर्ने मान्छेको मनोबल घट्छ र त्यसले राम्रो नतिजा दिँदैन् ।
सरुवा बढुवा वैज्ञानिक भएन । कार्यक्षमता मुल्यांकनका आधारमा भन्दा चाकडी र चाप्लुसीको आधारमा सरुवा बढुवा गर्ने रोग छ । यस्लाई कसरी सुधार्ने ?
धेरैजसो सरुवामा भनसुन, राजनीति पावर प्रयोग भएको भेटिन्छ । बढुवामा त्यस्ता समस्या छैन । नियम कानुन पूरा गरेरै बढुवा भएका छन् । एउटा मान्छेलाई सरुवा गर्न मन्त्रीदेखि सांसद,जनप्रतिनिधि वा राजनीति पार्टीबाटै प्रेसर दिने गरेको देखिन्छ । सरुवालाई व्यवस्थित गर्नको लागि हामीले अनलाईन प्रणाली सुचारु गरेका छौं । यो प्रणाली शुरुवात भएसँगै विगतमा सरुवामा देखिएको बिकृतीहरु धेरै नियन्त्रण भएको छ ।
मुलुक संघीयतामा गएको चार बर्ष पुग्दा समेत निजामती कर्मचारीको मुल कानुन आउन सकेको छैन् । मूल कानुन नहुँदा कर्मचारीको परिचालनमा के कस्ता समस्या परिरहेका छन् ?
निजामती सेवा ऐन आउन नसक्दा प्रदेश निजामती ऐन बनाउन सकेको छैन् । सोही कारण प्रदेश, स्थानीय तहरुको पदपुर्ती हुन् सकेको छैन् । स्थानीय तहको पदपुर्ती नहुनु भनेकै सेवा प्रवाहमा अपेक्षित काम गर्न नसक्नु हो वा जनअपेक्षा अनुरुप काम हुन नसक्नु हो । दैलोको सिंहदरबार भनिने स्थानीय तहका कार्यालयमा कर्मचारी नहुँदा धेरै जनताले सास्ती वा हैरानी खेप्न विवश छन् । जनतालाई समयमानै सेवा दिनको लागि ऐन आउनु पर्ने हुन्छ । प्रदेश लोकसेवा आयोग छ त्यसलाई पनि फङ्सनेबल बनाउनको लागि पनि निजामती ऐन छिटोभन्दा छिटो आउनु पर्ने हो । बीचमा प्रतिनिधि सभा विघटनका कारण आउन सकेन । अहिले सदन नै स्थगित भएको अबस्था छ ।आशा गरौं अब छिट्टै ऐन आउँछ होला ।

 

प्रकाशित :२०७८ भाद्र १३, आईतवार १०:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry