सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताका सन्ततीलाई पनि औषधी उपचार सुविधा

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताका सन्ततीले पनि औषधी उपचार सुविधा पाउने भएका छन् । यसअघि आबद्ध भएका श्रीमान् वा श्रीमतीलाई मात्र यो सुविधा दिने गरिएकोमा अबदेखि कोषले आबद्ध भएकाका छोराछोरीलाई समेत सेवा पाउने भएका हुन् ।

Advertisement 1

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले बिहीबार विराटनगरमा भएको श्रमाधान रोजगार मेलाको अवसरमा कोषद्वारा विस्तारित यो सुविधाको औपचारिक घोषणा गरेका हुन् । कोषले बिहीबारदेखि नै लागू हुने गरी श्रमिकका छोराछोरीलाई पनि औषधोपचार सुविधा प्रदान गर्ने कार्यविधि संशोधन गरेको छ । जसअनुसार श्रमिकका श्रीमान्, श्रीमती र १८ वर्षमुनिका छोराछोरीले वार्षिक एक लाखसम्मको औषधि उपचार सुविधा प्राप्त गर्नेछन् ।

प्रकाशित :२०८१ जेष्ठ १७, बिहीबार १९:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry